नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा, माधव र वामदेव गम्भीर

  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आइतबारलाई तय भएको नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताको कारण आइतबार बस्न सकेको थिएन ।

यसअघि प्रदेश अध्यक्ष तथा इन्चार्ज तोक्ने काम सम्पन्न गरेको सचिवालयले आजको बैठकबाट प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी एकीकरणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्दैछ । पार्टी एकीकरणको लामो समय भए पनि जनवर्गीय तथा प्रवास संगठनको एकीकरणको खाका पनि बन्न सकेको छैन ।

परामर्श बिनै प्रदेश कमिटीका अध्यक्ष, इञ्चार्ज तथा सचिव तोक्ने काम गरेको भन्दै वरिष्ठ नेता माधवकुकार नेपाल असन्तुष्ट छन् । आफू विदेशमा रहेका बेला जिम्मेवारी तोकिएको भन्दै उनले नेतृत्वको कडा आलोचना गर्दै आएका छन् । आफ्नो फरक मत उनले महासचिव विष्णु पौडेललाई लिखित रूपमै बुझाएका छन् । आजको बैठकमा नेपालले बुझाएको फरक मतको सम्बन्धमा पनि छलफल हुने एक नेताले बताए ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी छन् । नेकप सचिवालयले जारी गरेको तस्बिरमा बैठकमा माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल गम्भीर देखिएका छन् ।

प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र सचिवको मनोनयनपछि नेकपामा समीकरण फेरिएको छ । माधव नेपाललाई नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र वामदेव गौतमले दह्रो साथ दिएका छन् । झलनाथ खनाल कुनै पक्षमा छैनन् । ओली, प्रचण्ड, ईश्वर पोखरेल र विष्णु पौडेल अहिलेसम्म एक ठाउँमा छन् । स्थायी कमिटीमा त माधव नेपाल पक्ष नै बहुमतको अवस्थामा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = 2