क्यान्सरको उपचार गराइरहेको भनिएका ऋषि कपुर अचानक अनुपम खेरसँग न्युयोर्कको सडकमा यस्तो अवस्थामा फेला परे (भिडियो)

  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

एजेन्सी, २२ असोज । केही दिनअघि मात्र बलिउड स्टार ऋषि कपुरलाई क्यान्सर भएको र उनको अवस्था रहेको भन्ने समाचार भाइरल बन्यो ।

आमाको निधन हुँदासम्म अन्त्येष्टिमा नआएपछि ऋषि कपुरको अवस्था निकै गम्भीर भएको अनुमान सही सावित भएको बताइयो ।

उनी केही दिनअघि मात्र परिवारका साथ न्युयोर्क पुगेका थिए । स्वास्थ्य जाँच गर्ने क्रममा उनलाई थर्ड स्टेजको क्यान्सर देखिएको भन्ने समाचार प्रकाशित भयो । तर, त्यसबारे कपुर परिवारले कुनै प्रतिक्रिया जनाएन ।

आइतबार मात्र सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एउटा यस्तो तस्बिर र भिडियो सार्वजनिक भएको छ, जसले ऋषि कपुर विरामी होइन रमाइरहेको देखिन्छ ।

बलिउड कलाकार अनुपम खेरले आफ्नो इन्स्ट्राग्राममा ऋषि कपुरसँग म्यानहटन सहरमा सडकमा हिँडेको भिडियो राखेका छन् । सेतो कपाल बनाएका ऋषि कपुर हँसमुख देखिएका छन् । ऋषिले पनि सो भिडियो आफ्नो इन्स्ट्राग्राममा सेयर गरेका छन् ।

हाल अनुपम खेर एउटा हलिउड फिल्म खेल्ने क्रममा न्युयोर्कमै छन् । उनले ऋषि कपुरसँग म्यानहटनको सडकमा घुम्न पाउँदा निकै आनन्द लागेको लेखेका छन् । ऋषिले सेप्टेम्बर २९ मा ट्विट गर्दै आफू केही समय उपचारका लागि अमेरिका जान लागेको र त्यतिबेलासम्म फिल्म क्षेत्रबाट ब्रेक लिन लागेको जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ = 3