निर्मला पन्त हत्या प्रकरण : दुई प्रहरी निलम्बनमा, अमेरिका जान छाडेर एआईजी धिरु बस्नेत दोषी पत्ता लगाउन जुटे

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २२ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने तीन प्रहरी निलम्बनमा परेका छन् ।

एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा प्रहरी हवल्दार हरसिंह भट्ट र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । तीनैजना उखुबारीमा भेटिएको निर्मलाको शवको प्रमाण मेटाउन संलग्न भएका थिए ।

सिंह घटनास्थल अनुसन्धान अधिकृत हुन् । उनकै निर्देशनमा प्रहरी जवान साउदले निर्मलाको सुरुवाल पानीमा पखालेकी थिइन् भने उनको योनि धोइदिएकी थिइन् ।

सरकारले गठन गरेको एआईजी बस्नेत नेतृत्वको छानबिन समितिले निर्मला हत्या प्रकरणमा शून्यदेखि नै अनुसन्धान सुरु गर्ने भएको छ । समितिले बलात्कार र हत्यामा प्रमाण मेटाउनेलाई छानबिन र अनुसन्धानको घेरामा राख्दै प्रहरी भए निलम्बन गरी अनुसन्धान थाल्ने र शंकास्पद भूमिकामा देखिएका सबैलाई छानबिन गर्ने भएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले औंल्याएका सुझावलाई ‘नोटिस’ मा राख्दै बस्नेत समितिले अनुसन्धान अघि बढाइरहेको छ । सोही क्रममा सोमबार नै तीनजना प्रहरी निलम्बनमा परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइने स्रोतले बतायो ।

यसैगरी, निर्मलाको शव जबर्जस्ती बुझ्न लगाएर अन्त्येष्टि गर्न लगाउने उनका मामा पनि अनुसन्धानको घेरामा पर्ने भएका छन् । निलम्बित एसपी डिल्लीराज विष्टको दबाबमा भण्डारी थरमा निर्मलाका मामाले दिदी भिनाजुलाई धम्की दिएर शव बुझ्न लगाई हतार हतार उनको अन्त्येटि गरिएको थियो ।

यसैगरी एसपी विष्टका छोरा किरण, बबिता बम र रोशनी बम दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने निष्कर्षमा एआईजी बस्नेत संयोजकत्वको समिति पुगेको छ । सोही कारण अमेरिकामा आयोजना हुन प्रहरी सेमिनार जान लागेर पनि पछि रद्द गरी बस्नेत निर्मला हत्या प्रकरणमा अनुसन्धानमा केन्द्रित भएको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 9 = 1