कंगनाले लगाइन चर्चित फिल्म निर्माता विकास बहललाई यौनशोषण गरेको आरोप

  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

एजेन्सी,२२ असोज । चर्चित फिल्म ‘क्वीन’ का निर्माता विकास बहललाई यौनशोषण गरेको आरोप लागेको छ । कंगना रनोटको चर्चित फिल्म ‘क्वीन’ निर्माण गरेका विकासले आफ्नै पोडक्सन हाउस ‘फ्यान्टम फिल्मस’ मा काम गर्ने एक महिला कर्मचारीले आफुलाई यौन शोषण गरेको भन्दै मुद्दा दर्ता गराएकी हुन् । भारतीय सञ्चार माध्यमले बताएअनुसार उक्त महिलाले फिल्म ‘बम्बे भेल्वेट’ को सुटिङको बेला आफुमाथि विकासले दुव्यवहार गरेको बताएकी हुन् ।

होटलमा आफुलाई छोड्न भनि गएका विकास रक्सीको नसा लागेको बाहनामा त्यही बसेको र आफु माथि अश्लील हर्कत देखाएको बताइन् । विकास आफ्नो बोस अनुराग कायश्पको पार्टनर भएको र आफुलाई चिन्ता नभएकाले विकासले होटलमा छाडिदिन्छु भन्दा ढुक्क भएको बताइन् । तर उनी जब कोठमा पुगिन् त्यसपछि आफु रक्सीले मातेको नाटक गर्दै बाहिर जाँन भन्दा पनि रक्सीले मातेर लरबराएको नाटक गरेर त्यहि बसेको ती महिलाले बताइन् ।

उनले भनिन्, ‘केही बेरसम्म मैले उनलाई बाहिर जान भने जान मानेन् । हिम्मत जुटाएर बेडको बिचमा सिरानी राखेर डिभाइडर बनाए र अर्को तिर फर्केर सुते । केही बेरमा विकासले आफ्नो हात मेरो कपडामा हाल्न खोजे । मैले कैयौँ पटक उनको हात हटाए । त्यसपछि उनले आफ्नो पाइन्ट खोलेर हस्तमैथुन गर्न थाले ।’ यो घटनाले निकै डराए । जबकी विकास मसँग अफिसमा पनि यस्तै हर्कतहरु गर्दथ्यो । अफिसमा आफैले हिम्मत जुटाएर यस्तो कुरा राख्ने निर्णय गरे तर उनको बोसले पनि यस्तो कुरा सुन्न नचाहेपछि अन्य कर्मचारी साथीलाई यस्तो समस्या बताइन् ।

जबसम्म त्यहाँ रहीन् तब सम्म उनी यौन शोषणमा परिरहिन् । अन्ततः केही उपाय नलागेपछि उनले आजित भएर कम्पनिमा काम गर्न नै छोडन् । तर यस विषयमा लामो समयपछि अनुरागले बोले । अनुरागले भने ‘जे भको थियो यो सबै गलत थियो । हामीले यसलाई समाधान गर्न सकेनौँ । यस विषयमा आफु भन्दा अरु कसलाई दोष दिने अब त यो विषयमा न्याय खोज्ने पक्षमा म पनि छु ।

मलाई ती महिला प्रति निकै विश्वास छ । विकासले जे गरे त्यो गल्ती नै हो । अब म यो विषयमा जे गर्न सक्छु त्यो गर्छु ।’यो घटनाको बारेमा थाहा पाएपछि कम्पनीका बोसले विकासलाई कम्पनीबाट नै निकालिदिएका छन् । घटना सार्वजनिक भए लगतै विकासलाई सुधार केन्द्रमा लगिएको छ ।

उक्त कम्पनीले ‘क्वीन’, ‘मसान’, ‘उडता पंजाब’, ‘बम्बे भेल्वेट’ जस्ता निकै चर्चित फिल्महरु निर्माण गरेको थियो । उक्त प्रोडक्सन हाउसलाई अनुराग कश्यप, विक्रमादित्य मोटवानी, विकास बहल र मधु मंतेनाले संयुक्त रुपमा स्थापना गरेका हुन् । अहिले यो कम्पनी बन्द भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

52 − 43 =