मृत्यु हुँदा गर्भवती रहेकी अभिनेत्री सौन्दर्याको शव अझै भेटिएन्

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

एजेन्सी,२२ असोज । एक समय बलिउडमा निकै चर्चामा रहेकी अभिनेत्री सौन्दर्या रघुको निधन भएको लामो समय बितिसक्दा पनि उनको शव अझै भेटिएको छैन् । उनी महानायक अमिताभ बच्चनको फिल्म ‘सूर्यवंशी’की अभिनेत्री हुन् । ३१ वर्षको अल्पआयुमा नै निधन भएकी अभिनेत्री सौन्दर्या मृत्यु हुँदा उनी गर्भवती रहेकी थिइन् ।

सन् २००४ अप्रिल १७ को दिन उनको लागि अप्रिय हुन पुग्यो । फिल्म क्षेत्र छोडेर भरर्खरै राजनितिमा प्रवेश गरेकी अभिनेत्री सौन्दर्याको लागि सन् २००४ अप्रिल ४ तारिखको दिन चुनाव प्रचारको लागि आफ्नै एयरक्राफ्ट चढेर जाने क्रममा दुर्घटनामा परि ज्यान गुमाइन् ।बेंगुलुरुको जम्कुर एयरफिल्डदेखि उडेको उक्त विमान सय फिट माथि उठ्न नपाउँदै दुर्घटनाग्रस्त भयो । त्यतिबेला दुर्घटनामा परि ज्यान गुमाएका सौन्दर्यासँगै उनका भाइ अमरनाथ, हिन्दु जागरण समितीका सचिव रमेश कदमसँगै पाइलट फिलीप एकैसा जलेर नष्ट भएका थिए ।

विमान जलेर नष्ट भएको कारण सौन्दर्याको शव अझै पनि भेटिएको छैन् । सौन्दर्याले विमान दुर्घटना हुनु भन्दा केही दिन अगाडी मात्र भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । अन्तत : अभिनय छोडेर राजनितिमा प्रवेश गरेकी अभिनेत्री सौन्दर्यालाई राजनिति फापेन । जबकी उनको काल नै राजनिती बन्यो । उनी चुनाव प्रचारको जाने क्रममा नै विमान दुर्घटनाग्रस्त भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 49 = 55