एकपछि अर्को गर्दै भारतले अमेरिकालाई टेर्न छोड्यो

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

नयाँ दिल्ली-रुससँग एस–४०० सम्झौतापछि भारतले इरानबाट तेल आयात पनि जारी राखेर अमेरिकालाई नटेर्ने संकेत दिएको छ । भारतको सरकारी प्रशोधनकर्ताहरुले इरानबाट १२.५ लाख टन कच्चा तेल आयात गर्ने सम्झौता गरेका छन् । यसको साथसाथै तेलको भुक्तानी पनि डलरको सट्टा रुपैयाँमा गर्ने तयारी भइरहेको छ ।

सुत्रका अनुसार इन्डियन आयल तथा मंगलोर रिफाइनरी एन्ड पेट्रोकेमिकल्स लिमिटेड (एमआरपीएल) ले नोभेम्बरमा १२.५ लाख टन कच्चा तेलका लागि इरानलाई अर्डर दिएको छ । अमेरिकाले नोभेम्बर ४ देखि लागु हुनेगरी इरानमाथि प्रतिबन्ध लगाएको छ ।

केही दिन अगाडि अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले वासिङटनले प्रतिबन्धको विषयलाई लिएर विमर्श गर्ने जनाएका थिए । यद्यपि अमेरिकाले छुट दिएपनि यसको समयसीमा निर्धारण हुने बताइएको छ । अमेरिकाको प्रतिबन्ध लागु भएपछि डलरबाट गरिने भुक्तानीको बाटो रोकिन्छ । यस्तो अवस्थामा भारत तथा इरानले आपसमा सामानको साटफेर गरेर उपाय निकाल्न सक्ने बताइएको छ । यसका अतिरिक्त रुपैयाँबाट भुक्तानी गर्ने विषयमा पनि भुक्तानी हुन सक्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 3