गुण्डा नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको निवेदन खारेज

  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।

सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो । बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा रोखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 + = 80