तौल घटाउने सजिलो तीन तरिका

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अब डाइटिङ गरिरहनु आवश्यक छैन । यसका लागि तीन पेय पदार्थमा ध्यान दिँदा पनि हुन्छ । यी पेय पदार्थको उपयोगले तपाईं केवल तीन वा चार हप्तामा आफ्नो करिब ६ केजी तौल घटाउन सक्नुहुन्छ । यसका विधि तथा तरिका निम्न छन् :

१ ग्रिन टी र पुदिना
तपाईंलाई यो कुरा पक्कै थाहा होला कि ग्रिन टीमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले तपाईंलाई सधैँ फ्रेस राख्छ । तर, तपाईंलाई यो कुरा थाहा नहुन सक्छ कि यसमा पाइने कफिनले तपाईंको शरीरको तौल घटाउन सहयोग पु-याउँछ । कफिनले शरीरमा मोटोपनलाई घटाउँदै लान महत्रवपूर्ण भूमिका खेल्छ । ग्रिन टीमा क्याटचिन पनि हुन्छ । यसले पनि तौल घटाउने काम गर्छ । त्यस्तै, पुदिनाले डाइजेसन दुरुस्त राख्छ । यी दुईको मिश्रणले छिटै तौल घट्ने गर्छ ।

के गर्ने ?
एक गिलास पानी, दुई चम्चा ग्रिन टी र सातवटा पुदिनाको पात लिने । ताप्केमा पानी र पुदिनाको पात राखेर उमाल्ने । पाँच मिनेटपछि ग्रिन टीको पात राख्ने र थप ५ मिनेट उम्लन दिने । त्यसपछि चियादानीले छानेर पिउने ।

२मौसम र अनारको जुस
अमेरिकामा भएको एक अध्ययनले मौसमको जुस बनाएर खानाले पनि तौल घट्ने देखाएको छ । यसको सेवनले तपाईं आफूलाई ऊर्जावान् महसुस गर्नुका साथै भोक पनि लाग्ने गर्छ ।

के गर्ने ?
आवश्यकताअनुसार मौसम, अनार र डेढ चम्चा मह लिने । मौसम र अनारको रस निकाल्ने । त्यसलाई गिलासमा राखेर मह मिसाउने र आवश्यकताअनुसार नुन राख्ने । त्यसलाई घोलेर पिउने ।

३कफी र चकलेट
कफीमा रहेको कफिनले मोटोपनलाई नियन्त्रणमा राख्न सहयोग पु-याउँछ । यसले भोक पनि बढाउँछ । एक रिपोर्टका अनुसार कफीमा क्लोरोजेनिक एसिड हुन्छ । जसले छिटै तौल घटाउन सहयोग गर्छ । त्यस्तै, डार्क चकलेटमा ऊर्जा प्रदान गर्ने तत्व हुन्छ । यसमा रहेको फ्याटी एसिडले मोटोपन कम गर्न मद्दत गर्छ ।

के गर्ने ?
एक चम्मा ब्ल्याक कफी, ३–४ चम्चा डार्क चकलेट, आधा चम्चा आलसको बिउ र एक कप तातो पानी लिने । कपमा तातो पानी र कफी राख्ने । त्यसलाई घोलेर आलसको बिउ राख्ने । फेरि घोलेर त्यसमा डार्क चकलेट राख्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1