बालोन डि’ओरको मनोनयन सार्वजनिक को–को परे ?

  • 222
  •  
  •  
  •  
  •  
    222
    Shares

काठमाडौंः यस वर्षको बालोन डि’ ओरको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्ने बालोन डि’ओरको मनोनयन सार्वजनिक भएको हो ।

प्रारम्भिक सुचीमा स्पेनिस क्लब रियल मड्रिडबाट सबैभन्दा धेरै ८ खेलाडी परेका छन् । त्यस्तै इंग्लिस क्लब लिभरपुलबाट ४, बार्सिलोना, एट्लेटिको मड्रिड र पीएसजीबाट समान ३ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । इंग्लिस क्लब चेल्सी, म्यानेचस्टर सिटी, टोटेनहम र इटालियन क्लब युभेन्टसबाट समान दुई मनोनयनमा पर्न सफल हुदा म्यानचेस्टर युनाइटेडबाट एक खेलाडी अन्तिम ३० मा पर्न सफल भएका छन् ।

२००७ मा ब्राजिली काकाले यो अवार्ड जितेयता लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबिच प्रतिस्पर्धा हुदै आएको छ । यि दुई खेलाडीले पछिल्लो १० वर्षमा समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

को को परे ?

ग्यारेथ बेल (रियल मड्रिड/वेल्स), करिम बेन्जेमा (रियल मड्रिड/फ्रान्स), थिवाउट कोर्टुवा (रियल मड्रिड/बेल्जियम), इस्को (रियल मड्रिड/स्पेन), सर्जियो रामोस (रियल मड्रिड/स्पेन), मार्सेलो (रियल मड्रिड/ब्राजिल), लुका मोड्रिच (रियल मड्रिड/क्रोएसिया), राफेल भरान (रियल मड्रिड/फ्रान्स), एलिसन बेकर (लिभरपुल/ब्राजिल), रोबर्टाे फिर्मिनो (लिभरपुल/ब्राजिल), साडियो माने (लिभरपुल/सेनेगल), मोहम्मद सलाह (लिभरपुल/इजिप्ट), नेयमार (पीएसजी/ब्राजिल), केलियन एमबाप्पे (पीएसजी/फ्रान्स), एडिन्सन काभानी (पीएसजी/उरुग्वे), लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना), इभान राकिटिक (बार्सिलोना/क्रोएसिया), लुइस स्वारेज (बार्सिलोना/उरुग्वे), डिएगो गोडिन (एट्लेटिको मड्रिड/उरुग्वे), एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स), जान ओब्लाक (एट्लेटिको मड्रिड/स्लोभेनिया), इडेन हाजार्ड (चेल्सी/बेल्जियम), एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी/अर्जेन्टिना), केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम), क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल), मारियो म्यान्जुकिच (युभेन्टस/क्रोएसिया), ह्यारी केन (टोटेनहम/इंग्ल्यान्ड), ह्युगो लोरिस (टोटेनहम/फ्रान्स), पल पोग्बा (म्यानचेस्टर युनाइटेड/फ्रान्स)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

38 + = 39