यसकारण वामदेव गौतम काठमाडौं ७ मा पनि चुनाव हार्न सक्छन्, यस्तो छ परिदृश्य

  • 366
  •  
  •  
  •  
  •  
    366
    Shares

काठमाडौं, २३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम काठमाडौं ७ बाट निर्वाचन लड्दैछन् भन्ने समाचार प्रकाशित भएपछि मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा त्यसबारे टीकाटिप्पणी सुरु भएको छ ।

काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर पदबाट राजीनामा दिन तयार भएको नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा पत्र प्रस्तुत गरेपछि यसले पार्टीभित्रै तरंग सिर्जना गरेको छ । खासगरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षले यसलाई भाँड्ने प्रयत्न गरिरहेको छ । सोही कारण सामाजिक सञ्जालमा ओलीपक्षीय नेता कार्यकर्ता र पत्रकारले वामदेवलाई काठमाडौं ७ बाट चुनाव नलड्न सुझाव दिएका छन् ।

त्यति मात्र होइन, पाँच वर्षका लागि निर्वाचित एक प्रतिनिधिसभा सदस्यलाई राजीनामा गर्न लगाएर जनताबाट तिरस्कृत भइसकेका नेतालाई राज्यकोष खर्च गरी सांसद बनाउन किन तयार हुनुप¥यो ? भन्दै अहिले फेसबुक र ट्विटरमा ‘वामदेव हराउ’ अभियान नै सुरु भइसकेको छ । यदि रामवीर मानन्धरले राजीनामा दिएर वामदेवले उपनिर्वाचन जिते भने प्रधानमन्त्री केपी ओलीको कुर्सी केही महिनामै खोसिन सक्छ, यो ध्रुवसत्य हो । किनभने नेकपामा वामदेव अहिले प्रचण्डसँग छन् । प्रचण्ड आफू पार्टी अध्यक्ष र वामदेवलाई प्रधानमन्त्री बनाउने अभियानमा छन् । सोही कारण उनले केही दिनअघि अब सरकारको ‘गियर’ अघि बढाउँछु त्यसै भनेका होइनन् ।
कस्तो छ स्थिति ?

बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित वामदेव यसअघि डोल्पा र बाँकेबाट उठ्ने तयारीमा थिए । तर, उनको प्रयास सफल भएन । बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका मानन्धरले तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गरेका थिए । मानन्धरले १८१०२ मत पाएका थिए भने थापाले १००७९ मत पाएका थिए । उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापालाई पराजित गरेका थिए । मानन्धरले यसअघि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीकी नेतृ हिसिला यमीलाई पराजित गरेका थिए ।

कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा राप्रपा उम्मेदवारलाई उठाएको भन्दै त्यतिबेलै विरोध भएको थियो । धेरै कांग्रेसी मतदाताले थापालाई भन्दा मानन्धरलाई नै मत हालेका थिए । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । काठमाडौं ७ मा कांग्रेसको संगठन सुदृढ भइसकेको छ । कांग्रेसले त्यहीँका स्थानीयलाई उम्मेदवार बनाउने सम्भावना छ ।

यतिबेला ओली सरकार निकै आलोचित छ । काठमाडौंको मत यसै पनि अस्थिर छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यप्रतिको रिस, निर्मला पन्त प्रकरणलगायतको आक्रोशले इन्टरनेट पुस्ताले वामदेवलाई हराउने निश्चित छ । त्यसमा पनि आफ्नो कुर्सी धरापमा पारेर वामदेवलाई सहजै चुनाव जित्न देलान् भन्ने कसैलाई लाग्दैन । यस्तै, काठमाडौं ५ बाट निर्वाचित ईश्वर पोखरेल नै वामदेव हराउन काफी छन् । वामदेवले चुनाव जिते पार्टीमा आफ््नो हैसियत खुम्चने उनलाई प्रस्ट थाहा छ । सोही कारण पनि वामदेवले काठमाडौं ७ मा उपनिर्वाचन भएमा चुनाव जित्नेमा धेरैलाई विश्वास छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =