अर्जेन्टिनासँग खेल्न टोटनह्यामको मैदानमा प्रशिक्षण गर्दै ब्राजिल

  • 243
  •  
  •  
  •  
  •  
    243
    Shares

काठमाडौंः अर्जेन्टिना र साउदी अरेबियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि ब्राजिलले इंग्लिस क्लब टोटनह्यामको मैदानमा प्रशिक्षण सुरु गरेको छ । टोलीले सोमबार देखि प्रशिक्षण थालेका हो ।

रसिया विश्वकपको तयारी समेत टोटनह्यामकै मैदानमा गरेको ब्राजिलले मैत्रीपूर्ण खेलका लागि पनि सोही मैदान प्रयोग गरेको हो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी युरोपमा खेल्ने हुनाले टोलीले ब्राजिल पुग्नभन्दा युरोपमा नै क्लबहरुको प्रशिक्षण मैदान प्रयोग गर्ने चलन रहेको छ ।

पछिल्लो पटक खेलेका दुई मैत्रीपूर्ण खेलमा ब्राजिलले संयुक्त राज्य अमेरिकालाई २–० र एल साल्भाडोरलाई ५–० ले पराजित गरेको थियो । ब्राजिलले २०१९ मा हुने कोपा अमेरिकामा ध्यान केन्द्रीत गरेको छ । यो प्रतियोगिता ब्राजिल आफैंले आयोजना गर्दैछ ।  ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार साउदी अरेबियासँग र मंगलबार अर्जेन्टिनाविरुद्ध खेल्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ = 3