हाजार्डले भने, ‘रियल मड्रिड विश्वकै उत्कृष्ट क्लब हो, खेल्न चाहान्छु’

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

काठमाडौंः इंग्लिस क्लब चेल्सीका स्टार इडेन हाजार्डले बाल्यकालदेखि रियल मड्रिडमा खेल्ने सपना सपना रहेको बताएका छन् । रियलले चालू सिजनको सुरुवातमा उनलाई अनुबन्धको तयारी गरेपनि सफल हुने सकेको थिएन । हाजार्डले लामो समयदेखि रियल आफ्नो बाल्यकालदेखिकै मनपर्ने क्लब रहेको र त्यहाँ खेल्नु आफ्नो सपना रहेको बताउँदै आएका छन् ।

जारी लिग सिजनमा ७ गोल गरिसकेका हाजार्डले चेल्सीसँग सम्झौताबारे भनेका छन्, ‘सम्झाैता अझै दुई वर्ष चल्नेछ । ‘म अब चेल्सीमा नयाँ सम्झौता हस्ताक्षर गर्छु भनेर अन्त्यमा नगर्ने काम गर्न सक्दिन । मैले अब आफूलाई जे राम्रो हुन्छ त्यहि गर्ने हो । क्लबले मलाई धेरै थोक दिएको छ र क्लबलाई पनि राम्रो हुनुपर्छ ।’ चेल्सीमा लामो समयदेखि खेल्दै आएका हाजार्ड अर्को सिजन रियल जाने सम्भावाना रहेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 30