भुटान ३३ रनमै अलआउट, नेपाल शीर्षस्थानमा

  • 164
  •  
  •  
  •  
  •  
    164
    Shares

काठमाडौं, २३ असोज । मलेसियामा जारी आईसीसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई ११८ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानलाई १५१ रनको विजयी लक्ष्य दिएको थियो । सो रन पछ्याउने क्रमममा भुटान ३३ रनमै अलआउट भएको हो । सन्दीप लामिछाने र ललित राजवंशीले तीन–तीन, बसन्त रेग्मीले दुई, दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले एक–एक विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले दुई छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले पाँच बलमा ११ रन जोडे ।
यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्यान्डलाई पराजित गरिसकेको छ । भुटानलाई पराजित गरेपछि नेपाल शीर्षस्थानमा उक्लेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यान्मार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 ÷ 5 =