‘ह्यासट्याग मीटु’ ले भारतीय पत्रकारिता र बलिउडमा सनसनी, अब के हुन्छ ?

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २३ असोज । केही दिनयता भारतको सञ्चार जगत्का चर्चित पत्रकारहरूमाथि खासगरी कनिष्ठ महिला पत्रकारहरूसँग दुव्र्यवहार वा अशोभनीय व्यवहार गरिएका आरोपहरू लागिरहेका छन् ।

यसलाई कतिपयले भारतीय सञ्चार जगत्को #Metoo को रूपमा वर्णन गरेका छन् । तर के यो अभियानले हलिउडमा जस्तै शक्तिशाली पुरुषहरूलाई अप्ठेरो पार्ला ? हालसम्म आरोपितमध्ये एकदुईजना बाहेक प्रायः धेरै ठूलो पदका छैनन् ।

अमेरिकामा जस्तो ‘हार्भी वाइन्सटिन’ अझै सार्वजनिक भइसकेका छैनन् । यो अभियान अब कसरी अगाडि बढ्नेछ, त्यसैले यसको शक्ति देखाउनेछ । तर यदि विगतको आधार मान्ने हो भने स्थिति धेरै आशाप्रद छैन, किनकि विगतमा भएका यस्तै प्रयास धेरै सार्थक भएन ।

प्राज्ञिक क्षेत्रका केही नाम आरोपित भए तर ट्विटरमा ती चर्चा सेलाइहाले । बलिउडमा पनि आरोप लागे, तर त्यो धेरै अघि बढ्न सकेन ।

साथै जसले आरोप लगाएका छन्, उनीहरूलाई पनि सहज वातावरण छैन । खासगरी यदि ती आरोप पुष्टि गर्ने प्रमाण छैन भने । केही महिलाले आफ्ना आरोप पुष्टि गर्न सामाजिक सञ्जालमा भएका कुराकानी वा ‘च्याट’ का तस्बिर सार्वजनिक गरेका छन् ।

तर जहाँ त्यस्ता प्रमाण छैनन् र जहाँ केवल आरोप छ, त्यहाँ कतिपय महिलामाथि मानहानी तथा कानूनी कारबाहीका धम्की दिइएका छन् । कतिपयले आरोप लगाइएका ट्वीट हटाएका छन् ।
–बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 − 45 =