नेकपाका स्थानीय जनप्रतिनिधिको भेलामा रामवीर मानन्धरले भने, वामदेव गौतमका लागि राजीनामा दिन लागेको हुँ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ असोज । काठमाडौं ७ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद रामवीर मानन्धरले आज पदबाट राजीनामा दिने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको भेला आयोजना गरेर मानन्धरले आफूले पदबाट राजीनामा दिन लागेको जानकारी गराएका छन् ।

बालाजुको अष्टनारायण हलमा भएको भेलामा उनले पार्टी नेता वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको जानकारी गराएका हुन् । राजीनामा गर्ने औपचारिक जानकारी पार्टी नेतृत्वलाई गराइसकेको र औपचारिक निर्णय हुन बाँकी रहेको उनको भनाइ थियो । भेलामा सहभागी केही जनप्रतिनिधिले भने मानन्धरलाई राजीनामा नगर्न सुझाव दिएका थिए ।

रामवीरलाई राजीनामा गराएर गौतमलाई उक्त क्षेत्रवाट चुनाव उठाउने नेकपाको तयारी छ । सोमबारको नेकपा सचिवालय बैठकमा मानन्धरको राजीनामाको विषयमा छलफल भएको थियो ।

राजीनामा संसद्बाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी रहेको स्रोतले जनाएको छ ।

नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए । तर, उनले राजीनामा दिन नमानेपछि काठमाडौंबाट चुनाव उठ्न लागेका हुन् । वामदेव गत निर्वाचनमा बर्दिया १ मा नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 − = 97