श्रीलंकाको अर्थपूर्ण ‘भेटघाट’ पछि खुसी हुँदै मुम्बई पुगे पूर्वराजा, फूलपातीका दिन नेपाल फर्किने

  • 105
  •  
  •  
  •  
  •  
    105
    Shares

काठमाडौं, २३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाह माल्दिभ्सको चार दिने बसाईपछि मंगलबार बिहान भारतको मुम्बई पुगेका छन् । सुरुमा थाइल्यान्ड गएका उनी श्रीमती, बुहारी, नातिनातिनासँगै श्रीलंका गएका थिए । १५ दिन लामो श्रीलंका भ्रमणबाट पूर्वराजा ज्ञानेन्द्र निक्कै उत्साहित भएको बताइएको छ ।

स्रोतका अनुसार श्रीलंकामा उनले निक्कै महत्वपूर्ण र रहस्यम राजनीतिक भेटघाट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रनिकट स्रोतका अनुसार राजसंस्था पुनस्र्थापनाका लगि भएका भगिरथ प्रयत्नमध्ये श्रीलंकाको भ्रमण निकै महत्वपूर्ण र अहिलेसम्मकै उपलब्धिमूलक मानिएको छ । श्रीलंकामा पूर्वराजा ज्ञानेन्द्रले अमेरिका, चीन र भारतका राजनीतिक व्यक्तिहरूसँग सघन भेटवार्ता र विशेष छलफल गरेका छन् । सार्क बाहिरका मुलुकका नेताहरूसँग पनि उनको भेटघाट भएको बताइएको छ ।

भारतको मुम्बईको बाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वराजा परिवारसहित त्यहाँ पुगेका हुन् । उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभुशमशेर पनि छन् । पूर्वराजा असोज २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ ।

राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघसंगठनका एक हजार प्रतिनिधिसमेत भारत जाने भएका छन् । शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूहले नेपालबाट धेरै मानिस जुटाउने जिम्मा पाएका छन् । शिवसेना नेपालका सल्लाहकारसमेत रहेका राहुलेश्वरानन्दले करिब एक महिनाअघि पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर प्रमुख अतिथिको निम्तो दिएका थिए ।

युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन, विश्वहिन्दु महासंघका पदाधिकारी, राप्रपाका दोस्रो पुस्ताका केही नेता कार्यकर्ता समेत मुम्बई जाने कार्यक्रम तय भएको छ । एक हजार एक सय ब्राह्मणले चण्डी पाठ गर्ने कार्यक्रम रहेको यज्ञमा एक हजार यज्ञ कुण्ड रहनेछन् । यज्ञमा दादा गुरुदेव स्वामी सच्चिदानन्द, परमहंस स्वामी निखिलेश्वरानन्दलगायतका भारतका चर्चित गुरुहरुको सहभागिता रहने छ । सो कार्यक्रममा सहभागिता जनाएपछि पूर्वराजा सपरिवार फूलपातीका दिन नेपाल आउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 36