यौन काण्डको कारण यी चार सेलिब्रेटीको सकियो फिल्मी करियर

  • 61
  •  
  •  
  •  
  •  
    61
    Shares

एजेन्सी,२३ असोज । यौन काण्डले नेपालमा मात्र हैन् यतिबेला विश्व नै तातेको छ । यौन द्रुव्यहार गरेका केही यस्ता घटनाहरु छन् जसले कसैको करियर नै बर्बाद बनाइदियो । यौन द्रुव्यवहार गरेको काण्डबाट उन्मुक्ति पाए भन्ने भारतीय फिल्म कर्मीहरु फेरि तीनै काण्डमा तानिएका छन् । यतिबेला फिल्म ‘क्वीन’ का निर्देशक विकास बहलको करियमाथि फेरि प्रश्न चिन्ह खडा भएको छ ।

उनले फैंटम फिल्मको एक महिला कामदार माथि द्रुव्यवहार गरेको आरोप लागेको थियो । उनीमाथि यस्तो आरोप लागेपछि उनका साथीहरु अनुराग कश्यप र विक्रम मोटवाने विकासले साथ छोडेका छन् । त्यतिमात्र हैन कंगना रनोटले नै उनी माथि प्रश्न उठाएकी छन् । पछिल्लो समय अभिनेत्रीहरुले नै आफु यौन शोषणमा परेको भन्दै घटनाहरु बाहिर ल्याउन थालेका छन् । यस्तै अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकर विरुद्ध पनि यौन द्रुव्यवहार गरेको आरोप लगाएकी छन् ।

शाइनी आहुजामाथी पनि बलात्कार गरेको आरोप लागेको छ । यनले आफ्नो घरमा काम गर्न राखेकी युवतीमाथि बलात्कार गरेको आरोप लागेको थियो । यो केशले शाइनीको करियमा नै पूर्णविराम लागेको छ । शाइनीको घरमा काम गर्ने युवतीको डिएनए परिक्षण गर्दा शाइनेली नै बलात्कार गरेको आरोप लागेको थियो । उनले नै डिएनए परिक्षणमा बलात्कार ठहर भएपछि उनलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो ।

अर्का ‘इन्डियन मोस्ट वान्टेड’ का स्टिङ अपरेशनमा अमन वर्मालाई पनि एक युवतीलाई यौन द्रुव्यवहार गरेको आरोप लागेको थियो । तर उनले अस्वीकार गरेपनि उनले गरेको अश्लिल हर्कतको भिडियो कैद भएपछि यस विषयमा स्क्याण्डलले चर्चा बटुल्न सफल भएको थियो ।

बलिउडका चर्चित भिलेन शक्ति कपुरलाई पनि यौन द्रुव्यवहारको काण्डबाट टाढा रहन सकेनन् । एक स्टिङ अपरेशनका क्रममा उनले एक युवतीलाई फिल्ममा रोल दिन क्रममा योन द्रुव्यवहार गर्दै गरेको अवस्थामा भेटिएको थियो । यो काण्डले पनि बलिउडमा तहल्का नै मच्चाएको थियो ।

आदित्य पंचोली माथि पनि यौन द्रुव्यवहार गरेको आरोवप लागेको थियो । आदित्यको यस्तो हर्कतको कारण आफ्नो नजिकको साथी पूजा बेदीले उनको साथ छोडेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 72 = 76