आफ्नो जन्मदिनमा पति शाहरुखसँग किन रिसाइन् खानकी पत्नी गौरी ?

  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

एजेन्सी,२३ असोज । बलिउडका स्टार अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले सोमबार ४८औँ जन्मदिन मनाएकी छन् । गौरीले कान्छो छोरा अबरामको साथमा केही साथीहरु बोलाएर जन्मदिन मनाएको खबर भारतीय सञ्चार माध्यममा उल्लेख छ । गौरीको जन्मदिनमा उनका पति शाहरुख खान छोरी सुहाना र छोरा उनको छोरा आर्यन उपस्थित थिएनन् ।

जन्मदिन मनाइरहेकी गौरी खान कसैसँग रिसाएको जस्तो देखिएकी थिइन् । सञ्चार माध्यमले सार्वजनिक गरेको गौरीको जन्मदिन मनाएको फोटोमा उनी निकै रिसाएको जस्तो देखिएकी थिइन् । उनको फोटो हेर्दै थाहा हुन्छ की उनी कसैसँग रिसाएकी छन् । गौरी बलिउडका स्टार शाहरुख खानकी पत्नी हुन् भने गौरी प्रोड्यूसर तथा इन्टिरियर डिजाइनर पनि हुन्।

शाहरुखले आफ्नो हरेक सफलतामा गौरीको हात रहेको बताउँदै आएका छन् । शाहरुखले सुरुमा नै गौरीसँग प्रेम गरे तर उनीहरुको धर्म फरक भएकाले दुबैको विवाहमा परिवार अखडा बन्यो । यद्यपी शाहरुखले गौरीको परिवारलार्य फकाउन कुनै कसुर बाँकी राखेनन् । अन्तत  : उनीहरुको प्रेम सफल भयो र विवाह पनि भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 ÷ 57 =