वर्षा र सचिनको ‘पिरिम नलाउने’ (भिडियो)

  • 249
  •  
  •  
  •  
  •  
    249
    Shares

काठमाडौँ  । आउदै गरेको दसैँलाई लक्षित गर्दै ’पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् । पछिल्लो समय फिल्म ’छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन ।

प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई यसमा चित्रण गरिएको छ । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । पछिल्लो समय गीत ’मनमगन’ मार्फत चर्चामा आएका सुव्रतले यसगीतलाई पनि फिल्मी रुपमा तयार गरेका छन् । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।

आशिष सचिन ( यो गीत मेरो लागि निकै महत्वपूर्ण छ । यसमा हामीले निकै मेहनत छौ । सानै देखि गायनमा रुचि भएता पनि मैले विविध कारणले करियरलाई फोकस गरे । पहिला केहि समय मैले कोरियोग्राफी पनि गरे तर विविध कारणले व्यवसायकै लागि देश छाडे । एक वर्ष अगाडी ’मेरो हरपल तिमि नै’ बोलको सिंगल ट्रयाक लिएर आए , त्यसपछि मलाइ प्राप्त प्रतिक्रियाले झनै हौसला थप्यो । यतिबेला आफ्नो संगीतलाई निरन्तरता दिने योजना सहित अगाडी बढिरहेको छु । गीतसंगीतबाट टाढा रहन सकिन यसैले यो समयमा ’पिरिम नलाउने’ लिएर तपाइँ समक्ष आएको छु । आफु पहिला कोरियोग्राफर समेत भएकोले गर्दा गीतमा अभिनय पनि गरेको छु । आश छ , यसलाई दर्शकले रुचाउनु हुनेछ ।

दीपक शर्मा ( यो गीत मैले फिल्मको लागि तयार गरेको थिए । तर आशिष सचिजीको लगाव देखेपछि मैले उहालाई गीत दिए । मैले यसलाई पछिल्लो समय दर्शकले रुचाउने गरेको ट्युन मै तयार गर्ने कोसिश गरेको छु । यसमा मेलिना र आशिषको स्वर पर्फेक्ट छ । गीतलाई हामीले जे सोच राखेर तयार गरेका थियौ , त्यहि अनुरुप भिडियो पनि तयार भएको छ । यो गीतलाई दर्शकले रुचाउनेमा विश्वस्त छु ।

सुव्रत आचार्य ( पछिल्लो समय मेरो निर्देशनमा तयार भएको गीत ’मनमगन’ ले पाएको सफलताले झनै च्यालेन्ज महसुस गरिरहेको छु । यो गीत सुनेपछि हामीले यसलाई फिल्मी शैलीमा तयार गरेका छौ । दसैँको माहोलमा परदेशबाट परदेशी घर आउदाको खुसियाली र उ फर्किदा पर्ने पिडालाई पनि चित्रण गर्ने कोसिस गरेको छु । गीतमा आशिष र बर्षा फिट देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 12