कांग्रेस विवादः सिंह, सिटौला र केसीले आगमी केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौंः नेपाल विद्यार्थी संघमा ३२ बर्षे उमेर हद लगाउने विषयलाई लिएर नेपाली कांग्रेस भित्र विवाद उत्कर्षमा पुगेको छ ।

नेविसंघको विधानलाई लिएर पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले आगमी केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएका छन् ।

कांग्रेसले असोज २५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । अघिल्लो बैठकले नेविसंघ विधानको एउटा धाराका रुपमा रहेको ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरिसकेको छ । यो निर्णयमा रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुनरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

आगामी बैठकमा जाने नजाने छलफल गर्न पौडेल र सिटौला समूहका नेताहरु सोमबार भेला भएका थिए ।

सिटौला, प्रकाशमान र अर्जुनरसिंह केसी बैठक बहिस्कार गर्ने पक्षमा छन् । रामशरण महतले बैठकमा जानुपर्ने धारणा राखे भने पौडेलले प्रष्ट मत राख्न नसकेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1