चीन २६ रनमै समेटियो, स्पिनरले लिए सबै १० विकेट
102 - 102Shares
काठमाडौं, २४ असोज । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले चीनलाई सस्तैम समेटेको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीन १३ ओभरमा अलआउट हुनुअघि २६ रनमा समेटिएको हो ।
चीनका लागि ओपनर होङ यानले ११ रन जोडे । चीनका आठ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले नौ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले समान तीन–तीन विकेट लिए ।
नेपालले खेलको दोस्रो ओभरमा पहिलो सफलता हात पारेको थियो । ६ रनको स्थितिमा ललितनारायण राजवंशीले सनलाई बोल्ड गरेका थिए । त्यसपछि सन्दीप लामिछानेले सातौं ओभरको दोस्रो र तेस्रो बलमा विकेट झारे । दोस्रो विकेटका लागि १५ रनको साझेदारी भएको थियो । आठौं ओभरमा वसन्त रेग्मीले २ विकेट लिएपछि चीन समस्यामा पारेको थियो ।