‘छक्का पञ्जा ३’ सोलो रिलिज, एक साथ दुई सय पर्दामा

  • 244
  •  
  •  
  •  
  •  
    244
    Shares

काठमाडौं, २४ असोज । घटस्थापनाको दिन बहुप्रतीक्षित ‘छक्का पञ्जा ३’ चलचित्र रिलिज भएको छ । मुलुकका दुई सय सिनेमा हलमा चलचित्र लागेको छ ।

बुधबारका दिन रिलिज भए पनि दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को बुकिङ आक्रामक छ । सोमबारदेखि नै अग्रिम बुकिङ खुलेको थियो । मल्टिप्लेक्स सिनेमा हलले चलचित्रलाई ३० भन्दा बढी शो उपलब्ध गराएका छन् । जुन आफैंमा एउटा कीर्तिमान हो ।

यसअघि ‘छक्का पञ्जा’ का दुई सिक्वेल चलचित्रले व्यावसायिक सफलता हासिल गरिसकेका छन् । त्यसैले ‘छक्का पञ्जा ३’ लाई दर्शकले सर्वाधिक प्रतीक्षित चलचित्रका रूपमा लिएका हुन् । चलचित्रका दुई गीत ‘पहिलो नम्बरमा…’ र ‘उमेरै ढल्किन्छ, कालै पल्किन्छ…’ लोकप्रिय भइसकेका छन् ।

दीपकराज गिरी, दीपाश्री आफैँ, जितु नेपाल, केदार घिमिरेलगायतको संयुक्त लगानीमा बनेको चलचित्रले व्यावसायिक रेकर्ड तोड्ने आकलन गरिएको छ । चलचित्रमा दीपकराज, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, प्रियंका कार्की, संजोग कोइराला, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 − 66 =