बाबुराम भट्टराई भन्छन्, चुनाव हारेका वामदेवलाई संसदमा ल्याउन खोज्नु राजनीतिक अनिष्टताको संकेत

  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares

काठमाडौं, २४ असोज । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्वाचित सांसदलाई राजीनामा गराएर चुनाव हारेका वामदेव गौतमलाई संसदमा ल्याउन खोज्नु राजनीतिक अनिष्टताको संकेत भएको टिप्पणी गरेका छन् ।

एक महिना लामो अमेरिका भ्रमणपछि मंगलबार स्वदेश आइपुगेका बाबुरामले वामदेवलाई काठमाडौं ७ बाट चुनाव लडाउन खोज्नु अनिष्टको संकेत भएको भन्दै राजनीतिक घेराबाट माथि उठी लोकतन्त्रको रक्षामा जुट्न आह््वान पनि गरेका छन् ।

उनले बर्दियाबाट चुनाव हारेका गौतमलाई सांसद बनाउन खर्चिलो चुनाव गराउनु भनेको लोकतन्त्रको भ्रष्टीकरण भएको समेत बताएका छन् ।

‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पु¥याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो,’ बाबुरामले बुधबार बिहान फेसबुकमा लेखेका छन् ।

नेकपाका सांसद रामवीर मानन्धरले काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । तर, त्यो पार्टीले स्वीकृत गर्न बाँकी छ । काठमाडौं ७ मा उपनिर्वाचन गराउँदा ११ करोड रुपैयाँ खर्च हुने निर्वाचन आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =