आफ्ना लागि सांसद पदबाट राजीनामा दिएपछि वामदेवले रामवीरलाई भने, नतमस्तक छु कमरेड

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य वामदेव गौतमले आफ्ना लागि सांसद पदबाट राजीनामा दिएका रामवीर मानन्धरलाई धन्यवाद दिएका छन् ।

मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौं ७ को सांसद पदबाट राजीनामा दिएका थिए ।

नेता गौतमले मंगलबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत मानन्धरलाई उनको भूमिकाप्रति आफू नतमस्तक भएको उल्लेख गरेका छन् । उनले मानन्धरले देखाएको त्यागप्रचि कुनै आँच नदिने प्रस्ट पारेका छन् ।

उनले मानन्धर र आफू दुवै पार्टीको सिपाही भएको उल्लेख गर्दै जनताको काममा सधैं सँगै रहने प्रतिबद्धता पनि जनाएका छन् ।

‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो त्यो विचारले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवैजना सिपाही हो । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्यागप्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा सधंै सँगै रहनेछौं,’ वामदेवले लेखेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − = 12