वामदेवलाई चुनाव लडाउन खोजेकोमा प्रचण्डप्रति ईश्वर पोखरेल आक्रोशित, लगाए यस्ता आरोप

  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी भूमिमा आश्रित रहेनौं
हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिस्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका शृंखला विकास गर्यौं ! सुदृढ संगठनात्मक संरचना तथा आमजनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्र्यौं । यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति (विसंगतिका विरूद्धमा जुध्यौं र त्यसका बाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं (बढिरह्यौं !

हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्र्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं ! हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं । देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं ।

आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी’ संघर्ष’ मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं !

अहिले हामी भन्दैछौं, हामी थप एकतावद्ध बनेका छौं ! कता हो कता, शक्तिशाली पनि बनेका छौं !! तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जÞरूरी छ । प्राप्त भएको उचाइसँगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु जÞरूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्ववंले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जÞरूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयंले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौं !!
फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 56