यसरी थाहा भयो संस्कारी बाबूको असली रुप, महिला निर्देशकलाई उनकै घरमा गरे बलात्कार

  • 564
  •  
  •  
  •  
  •  
    564
    Shares

एजेन्सी,२४ असोज । भारतीय फिल्म तथा सिरियलमा संस्कारी बाबूको रुपमा अभिनय गर्ने अभिनेता आलोकनाथ गम्भिर आरोपमा परेका छन् । भारतीय फिल्म निर्मात्री तथा निर्देशक विनिता नन्दाले आलोकनाथले नशालु दबाई खुवाएर आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

भारतमा ‘मि टु’ अभियानले उग्र रुप लिएपछि यस्तो घटना लगातार बाहिर आउन थालेको छ । आलोकनाथले १९ वर्ष अगाडी आफुमाथि यस्तो हर्कत गरेको भन्दै फेसबुकमा स्टाटस लेखेपछि बलिउडमा तहल्का मच्चिएको छ । विनिताले यो घटना बाहिर ल्याउनकै लागि ज्ञढ वर्ष कुर्नु परेको बताइन् । उनले आफुमाथि यौनशोषण गर्ने व्यक्तिको नाम नखुलाई आफुलाई संस्कारी र कुशल बाबू भन्नेको नियत साह्रै खराब हुने रैछ । उनीहरुनै जड्याहा, यौनपिपाशु हुँदा रैछन् । जो आफुलाई संस्कारी बाबू भन्थे उनैले गरेको दुष्कर्म कहिल्यै पनि भुल्न सक्दिन् , भन्दै फेसबुकमा स्ट्याटस लेखेकी छन् ।

विनिताले निर्देशन गरेको चर्चित सिरियल ‘तारा’मा आलोकनाथले प्रमुख भूमिका निर्वाह गरेका थिए । यो घटना पनि सिरियल निर्माण गर्ने क्रममा नै घटेको उनले बताएकी छन् । विनिताले घटना बारे बताउँदै आलोकनाथको बारेमा यसरी बताएकी छन् । बाहिरबाट शिष्ट देखिने आलोकनाथको भित्री व्यवहार निकै खतरा रैछ । उनी सिरियलमा अभिनेत्रीहरुर्ला पनि निकै सताउँदा रहेछन् । अभिनेत्रीहरुले यस्तो गुणसो लिएर आएपछि आलोकनाथलाई सिरियलबाट नै निकाल्ने निधो गरियो ।

उनले त्यो दिन गरेको हर्कत मलाई थाहा छ । दारुले टन्न भएका आलोकले आफ्नो टेक दिन आएका थिए । जब उनको क्यामेरामा रोल सुरु भयो तब उनी अभिनेत्रीहरुलाई दव्र्यवहार गर्न लाग्थे । अभिनेत्रीले उनलाई थप्पड समेत हानिन् । त्यसपछि आलोकनाथलाई सेटबा नै निकाल्ने निधो भयो । विनिताले भनिन्, आलोकले एकदिन उनको घरमा आयोजित पार्टीमा निमन्त्रण गरे । म गए । पार्टीमा मलाई दिइएको ड्रिङ्समा नशालु पदार्थ मिसाइएको रहेछ । त्यो पिएपछि मलाई अनौठो महसुश भयो । राती २ बजे तिर उठेर म पैदल आफ्नो घरमा तिर जान हिडे । म पैदलमा नै आफ्ना घर जाँदै थिए ।

उनी आएर मलाई उनको कारमा राखेर मेरो घर पुर्यादिन्छु भने म पनि बिना संकोच उनको गाडी चडेँ । म उनको कार चढेको कुरा याद छ । उनको गाडी चढेपछि मलाई उनले जवरजस्ती रक्सी पिलाए । त्यसपछि उनले मलाई जबरजस्ती गर्न तिर लागे । त्यसपछि के गरे मैले थाहा पाइन् । होसमा आउँदा म आफ्नै घरको बेडमा थिए । बिउझिँदा जतातै शरिरहरु दुखिरहेको थियो । तयसपछि थाहा पाए की उनले मेरो घरमा ल्याएर मलाई बलात्कार गरेका रहेछन् । त्यसपछि यो कुरा मैले आफ्नो साथीहरुलाई बताए तर उनीहरुले यस्तो हल्ला गर्न हुँदैन् भने । उनको यस्तो हर्कतले मलाई नराम्रो सोच्लान् भनेर केही भनिन् । तर उनले १९ वर्ष अगाड पाएको पिडा अहिले हिम्मतको साथ पोखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1