‘मन मगन’बाट चर्चामा आएका दीपक बज्राचार्यले ल्याए यस्तो दशैं बिशेष गीत

  • 143
  •  
  •  
  •  
  •  
    143
    Shares

काठमाडौँ, गीत ‘मन मगन’बाट चर्चामा आएका गायक तथा संगीतकार दीपक बज्राचार्यले घटस्थापनाको अवसर पारी एक गीत बजारमा ल्याएका छन् । माया प्रेमको भाव झल्किने ‘वर पर’ बोलको रमाइलो गीत उनकै अफिसियल युट्युव च्यानलमा रिलिज भएको हो । रिलिज भएको छोटो समयमा गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । दीपक बज्राचार्यको संगीत र आवाज रहेको गीतमा रिक्की शाक्यको शब्द रहेको छ । नम्रता श्रेष्ठको अभिनय रहेको भिडियोलाई सौगात र आदित्यले खिचेका हुन् । ग्वार्को/इमाडोल क्षेत्रमा छायांकन गरिएको भिडियोको सम्पादन र निर्देशन अनुप पौडेलले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 4