बडा दसैँको दोस्रो दिन देवी ब्रम्हचारीणीको पूजा अर्चना गरिंदै
247 - 247Shares
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैको दोस्रो दिन आज देशका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा देवी ब्रम्हचारीणीको पूजा अर्चना गरिंदैछ ।
हिजो आश्विन शुक्ल प्रतिपदाका दिन घर घरमा घटस्थापना गरि शुरु भएको दशैंको ९ दिनसम्म नवदुर्गा भवानीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । जसअनुसार आज दोस्रो दिन नवदुर्गामध्येकी एक ब्रम्हचारीणीको पूजा गरिन्छ ।
राजधानीका तलेजु भवानी, गृहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रनारायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।
यसैगरी राजधानी बाहिरका बांकेको बागेश्वरी, दाङको अम्बीकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजा भइरहेको छ ।
यसैवीच दशैको किनमेलको कारण राजधानीका मुख्य सडकमा जाम बढ्न थालेको छ ।
काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी जस्ता ठाउ‘मा किनमेल गर्नेको घुंईचोले सबारी साधनको लाम लाग्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।