विश्वप्रकाश शर्माले भने, ‘माफ गर्नुस् झापामा हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्नुहुँदैन’
62 - 62Shares

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफु काठमाडौं ७ मा उम्मेदवार नबन्ने बताएका छन् । पार्टी कार्यकर्ता र शुभेक्छुकले शर्माले काठमाडौं ७ मा नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमसँग निर्वाचन लड्नुपर्ने बताइरहेका बेला उनले आफु उम्मेदवार नहुने स्पष्ट पारेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ पराजित भएका शर्माले आम शुभेच्छुकसँग माफी माग्दै आफू काठमाडौं–७ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनी नेकपाका राम कार्कीसँग पराजित भएका थिए ।
उनले माफी माग्दै व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्नु नहुने बताएका छन् ।
‘माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश, काठमाडौंमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन । विश्वप्रकाशले भनेका छन्, ‘व्क्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’ उनले ट्वीटमा भनेका छन् ।
उनले फेसबुकमा थप लेखेका छन्, ‘शिर निहुराएर ढोग्न मिल्छ, ढोगिन्छ बागमतीलाई तर अन्ततः म मेची, निन्दा र टिमाईको किनारकै हो।’
बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएपछि उपनिर्वाचनको कुरा चर्चामा छ ।
माफ गर्नुहोला मित्रहरू झापामा चुनाव हारेको विश्वप्रकाश,काठमाडौमा उम्मेदवार बन्नुहुंदैन र बन्दैन!
ब्यक्तिले शक्तिको खोजी गरिरहंदा राजनैतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र …… !! pic.twitter.com/zXaMRbkpdg
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 10, 2018