निर्मला पन्त हत्याको ‘इस्यु डाइभर्ट’ गर्न वामदेव गौतम चुनाव लड्ने विषय अघि सारेको पुष्टि, विषयान्तर गर्न ओली सरकार सफल

  • 304
  •  
  •  
  •  
  •  
    304
    Shares

काठमाडौं, २५ असोज । विगत एक महिनादेखि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयले राजनीति गतिविधि नै ठप्प भएको थियो । सो घटनापछि दिनहुँ बलात्कार र हत्याका घटना बाहिर आउन थाले ।

निर्मला हत्याको घटनाले सबैभन्दा आलोचित केपी ओली सरकार, प्रहरी संगठन बन्यो । मिडियाले पनि सोही घटनालाई मात्रै प्राथमिकता दिएपछि सरकार चिन्तित बन्यो । सामाजिक सञ्जाल त निर्मला पन्तको परिवारले न्याय पाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायतका नाराले भरिए । प्रधानमन्त्री केपी ओलीको सरकारलाई निर्मलाका हत्यारा पक्राउ गर्न नसकेको घटनाले सबैभन्दा ठूलो धक्का लाग्यो । जनस्तरमा सरकार बदनाम हुन थाल्यो ।

यही बीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकीकरणको प्रक्रिया अघि बढिरहेको थियो भने बीचबीचमा अवरोध हुँदै आएको थियो । झन्डै ६ महिना हुन लाग्दा पनि पार्टी एकीकरण हुन नसकेपछि नेकपा नेता वामदेव गौतमलाई सांसद बनाउन विभिन्न जिल्लामा निर्वाचन क्षेत्र खाली गर्ने तयारी पनि भइरहेको थियो । तर, अचानक आइतबार काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले वामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिएको हल्ला चल्यो । देशदेखि विदेशमा यसले तरंग सिर्जना ग¥यो । सबै यसकै पछि लागे ।

सर्वत्र वामदेवकै मात्र चर्चा परिचर्चा भयो । रामवीर मानन्धर पनि इतिहासमा सर्वाधिक चर्चामा आए । उनले सांसद पदबाट दिएको राजीनामा अहिलेसम्म सभामुखसमक्ष पुगेकै छैन । तर, नेकपामा यसको व्यापक विवाद भएकोसम्म प्रचार गरियो । तर, निर्मला पन्तको इस्यु डाइभर्ट गर्न मात्र यो कथा रचिएको रहेछ भन्ने कुराले मानन्धरले राजीनामा दिएको अहिलेसम्म स्वीकृत नहुनुले यो कुरा पुष्टि गरेको छ । त्यति मात्र होइन, नेकपा अध्यक्ष प्रचण्डले हार्ने गरी काठमाडौं ७ मा उपनिर्वाचन नगराउने भन्ने कुराले पनि थप पुष्टि गरेको छ ।

यस मानेमा निर्मला पन्त हत्याको ‘इस्यु डाइभर्ट’ गर्न ओली सरकार सफल भएको छ । केही दिनयता निर्मला पन्त हत्याको घटना ओझेलमै परेको छ । अहिले निर्मलाको न्यायका लागि कहीँकतै आवाज उठेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 + = 47