दशै विशेष : खानु अघि नै सावधान ! मासु कति खाने, कसरी खाने ?

  • 190
  •  
  •  
  •  
  •  
    190
    Shares

काठमाडौँ,२५ असोज । सामान्यतया दशैमा अरु बेला भन्दा बढी नै मासु खाने चलन रहेको छ । भनिन्छ नी ‘ दशै आयो खाउँला पिउँला’ दशैलाई विशेष गरेर खाएर मनाउने चाडको रुपमा लिने गरिन्छ । मासुलाई पोषिलो खाने कुराको रुपमा पनि लिने गरिन्छ ।

आजभोली खसीको रक्सीसँग मासुलाई सितनको रुपमा खाने चलन बढी रहेको छ । १ सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ, १ देखि १.५ ग्राम चिल्लो पदार्थ, ६० ग्राम पानी तथा भिटामीन ए, बी, सी पाइन्छ । खसीको मासु दैनिक खानु फाइदाजनक रहेको छ । नियमति खसीको मासु खानाले सबैलाई फाइदा हुन्छ भन्ने चाही हुँदैन् ।कतिपयलाई नियमीत खसीको मासु खाने गर्नाले मटोपन, उच्च रक्तचाप, मुटुमा, आन्द्रा, कलेजोमा पनि दराबी आउन सक्छ ।

तर दशैमा केही दिन यसरी खादैमा यस्तो रोग लाग्ने चाह हैन् तर यी रोग भएका व्यक्तिलाई बढी असर पार्ने देखिन्छ । असुरक्षित स्थानमा राखिएको मासु खाएमा पनि यस्ता रोगहरु लाग्ने गर्छ । मासुमा विभिन्न प्रकारका जुकाको अण्डा, सुक्ष्म परजीवी, मन्द विषादी, फुड पोइजनहरु हुने भएकाले यस्ता हानिकारक कीटाणुहरु नष्ट गर्नको लागि पकाउने तरिकामा विशेष ध्यान दिनु पर्छ । रोग लागेका मर्न लागेका देख्दा नै मरन च्यासे पखला लागेका यस्ता खसीको मासु खानु हुँदैन् ।

मासु रोज्दा बोसो भएको पनि रोज्नु हुँदेन् । खसीको मासुमा ३० प्रतिसत सम्म बोसो भएको हुने हुँदा मुटु रोगा कलेजो जस्ता रोगहरुमा असर पर्ने हुन्छ । सफा ठाउँमा बनाइएको सफा र ताजा मासुको प्रयोग गर्नुपर्छ । सामान्यतया एक चोटी सफा गरेर बनाएको मासु पखाल्ने चलन छैन् । तर मासु पकाउँदा पखालेर मात्र पकाउनु पर्ने छ । बिशेषत : आन्द्रामा धेरै किसिमका परजिवीहरु पाइने भएकाले यसलाई पखाल्ने क्रममा विशेष ध्यान दिनु पर्ने छ ।

त्यस्तै छालाको सफाइमा पनि निकै ध्यान दिनु पर्छ । छालाको तल्लो सतहमा पातलो छाला हुने भएकाले त्यसमा चिल्लो पदार्थ बढी हुने हुन्छ । दशैँको मासु एकै दिनमा त्यसेले मासुलाई भन्डार ष्गर्न पनि जान्नु पर्ने हुन्छ । मासुलाई ५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रममा राख्नुपर्छ । यदि घरमा फ्रिजको प्रयोग गर्नुहुन्छ भने झिँगा नभन्कने मुसा नलाग्ने ठाउँमा राख्नुपर्छ । दशैँको मासुले धेरैलाई अपच हुने पखला लागने जस्ता समस्याहरु हुने गर्छन् । जसको कारण हो मासुलाई लामो समय सम्म भन्डारण गरेर राख्ने ।

मासुमा धेरै चिल्लो पदार्थ प्रयोग गरि पकाएमा अपच हुने पखला लाग्ने जस्ता समस्याहरु आउने गर्छन् । त्यसैले मासु पकाउँदा धेरै फ्राइ गर्नु हुँदैन् । मासुमा राखिले चिल्लो बुटुन मसला को अधिक प्रयोगले पखला लाग्ने अपच हुने जस्ता समस्याहरु देखा पर्न सक्छन् । वयस्क युवा बालबालिकाले मासु खानको लागि डराउनु पर्दैन् तर वृद्धवृद्धाले यस्तो कुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । वृद्धवृद्धाको लागि मसलेदार चिल्लो पदार्थ कम गरेर खानुपर्ने हुन्छ ।

अधिकांश वृद्ध वृद्धामा जोर्नी बाथको समस्या हुने गर्छ । जसले गर्दा जसको कारण हो ओस्टियोआर्थराइटिस । ओस्टियोआर्थराइटिसका रोगीेले मासु खानु राम्रो हो । तर रगतमा युरिक एसिड बढी भयो भने यस्तो समस्या देखा पर्ने गर्छ । जसले गर्दा मासु, गोलभेँडा तथा गेडागुडी खानु हुँदैन् । जसको कारण मधुमेह डाइबिटजि मधुमेह जस्ता समस्याहरु देखिने गर्छन् । बढी बोसो भएको मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले खसीको मासु नखादा नै राम्रो हुन्छ ।

चाडबाडमा मासु नखादा राम्रो हुन्न भन्दा पनि स्वास्थ्यको लागि फाइदा गर्दैन् भने नखाँदा नै राम्रो हुन्छ । तयसैले मधुमेह उच्च रक्तचाप जस्ता समस्या छन् भने खसीको मासु भन्दा राम्रो कुखुराको मासु र माछा खाँदा राम्रो हुन्छ । दशैको बेलमा मृगौला रोगीहरुले नुन बढी अन्य परिकार नखाँदा नै राम्रो हन्छ । कलेजो जन्डिस जस्ता समस्या भएकाहरुले पनि बोसो भएका बढी चिल्लो मसलाहरु प्रयोग गरेर बनाएको खाने कुरा नखादा नै राम्रो हुन्छ ।

मासु र मद्ययपान एकअर्काको पुरक भएको कारण ३० ग्राम इथानोल अर्थात ७ सय मिलिलिटर बियर ३ सय मिलिलिटर अर्थात ७ सय मिलिटिर वाइनमा ६० मिलिलिटर ह्वीस्कीले पुरुषलाई र त्यसको त्यसको आधा महिलाले पिउँदा राम्रो मुटुको असर पर्दैन् । थोरै पिएमा पनि यसले दिमागमा खराबी अन्य ग्रन्थीहरुमा असर तथगा रोगविरुद्ध लड्ने शक्तिमा कमी आउँछ ।

मसलेदार चिल्लो पदार्थमा मासुका अन्य परिकारसँग रक्सी, बियर, वाइन, एवं ह्वीस्कीको प्रयोगले पेट तथा कलेजोमा पनि असर पर्ने गर्छ । क्यान्सर, अल्सर, प्याङ्क्रियाजको समस्या हुन्छ । यस्ता समस्या भएका व्यक्तिले चाडबाडको आडमा यस्ता पेय पदार्थ पिउनु राम्रो हुँदैन् । यस्ता समस्याहरु भएका व्यक्तिले मासुको परिकारसँग हरियो सलाद, फलफुल, तथा अन्य प्राकृतिक रेसाहरु भएका खानेकुराहरु खानु स्वास्थ्यका लागि उपयुक्त हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1