बलिउडका महानायक अमिताभ बच्चनको आज जन्मदिन, जान्नुहोस् कति वर्ष पुगे त !

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

एजेन्सी, आज बलिउडका महानायक अमिताभ बच्चनको आज जन्मदिन हो । सन् १९४२ अक्टोवर ११ मा जन्मिएका उनि आज बाट ७६ वर्षमा लागेका छन् । पिता कवि हरिवंश बच्चन र माता तेजी सुरी बच्चनको कोखबाट उनि उत्तरप्रदेशमा जन्मिएका हुन् । उनि सात हिन्दुस्तानी बाट सन् १९६९ मा बलिउड प्रवेश गरेका हुन् ।

उनि अभिनेत्री जया बच्चनका पति , अभिनेता अभिषेक बच्चनका पिता र अर्की अभिनेत्री ऐश्वर्या रायका ससुरा समेत हुन् । आफ्नो जीवनको करिब ४८ वर्ष फिल्ममा बिताएका उनले करिब १९० फिल्ममा काम गरिसकेका छन् ।

उनका केहि सफल फिल्महरुमा ‘शराबी’ , ‘शोले’ , ‘मर्द’ , ‘तुफान’ , ‘लावारिस’ , ‘कभी खुसि कभी गम’ लगायतका हुन् भने उनि पछिल्लो समय फिल्म ‘थाग्स अफ हिन्दुस्तान’ मा नजर आउंदै छन् । यस फिल्मको ट्रेलर सार्वजनिक भैसकेको छ । फिल्म नोभेम्वर ८ देखि रिलिज हुँदै छ । अमिताभलाई जन्मदिनको शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 16