प्रधानमन्त्री ओलीकै अघि आईजीपी खनालले प्रहरीसँग चित्त दुःखाए

  • 86
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौं, २५ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीको आचरणका कारण सिंगो संगठन बदनाम र आलोचित भएको भन्दै चित्त दुखाएका छन् ।

बिहीबार ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी ओलीकै अगाडि उनले केही प्रहरीको दोष र केही घटनामा आशातित सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको समग्र असफलताको रुपमा व्याख्या गरिँदा त्यसबाट हजारौं इमान्दार तथा कर्तव्यनिष्ट प्रहरी कर्मचारीको समेत मानमर्दन भएको बताए ।

‘यसबाट व्यक्तिगत जोखिम मोलेर नागरिकको सुरक्षामा समर्पित अधिकृत तथा जवानहरुलाई निरुत्साहित गर्न सक्ने यथार्थलाई समेत निवेदन गर्न चाहन्छु,’ उनले भने । खनालले संगठनमा सुधार भइरहेको बताए । ‘अनुसन्धान जनधारणाभन्दा बिज्ञको रायमा भर परेको हुन्छ,’ उनले भने, ‘अनुसन्धानमा न त कुनै समयसीमा नै तोक्न सकिन्छ, राज्यले तोकेको नेपाल प्रहरी नै अनुसन्धानका दृष्टिले बिज्ञहरु संगठन हो । यसको विकल्प हुन सक्दैन ।’

तस्बिर : रासस

प्रधानमन्त्री केपी ओलीले भने थप जिम्मेवार बन्न प्रहरीलाई निर्देशन दिएका छन् । सीमित स्रोतसाधनका बाबजुद आन्तरिक सुरक्षा मजबुत बनाउन प्रहरीको भूमिकाको उनले प्रशंसा गरे ।

‘नेपाल सरकारले आमनागरिकलाई सेवा प्रवाह गर्दा अग्रपंक्तिमा सरकारी प्रतिनिधिको रुपमा देखिने भनेको नेपाल प्रहरी नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल प्रहरी जति आमनागरिकमुखी हुन सक्यो र आम नागरिकको घर दैलोमा पुग्न सक्यो, त्यती नै सरकारको प्रभावकारीता देखिने भएकाले प्रहरीलाई व्यवसायिक र थप साधन स्रोत सम्पन्न गर्नु सरकारको प्राथमिकतामध्येमा रहेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले अवकाशप्राप्त एआईजी अमरसिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरे । ६३ औं प्रहरी दिवसमा प्रदेश ४ का डिएसपी कृष्णबहादुर कार्कीलाई पूर्णशान्ति पुरस्कार तथा असई कमल बस्न्यातलाई सर्वाेत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =