अमिताभले अहिले सम्म गोप्य राखेको कुरा, यसरी खोलिन् जयाले !

  • 141
  •  
  •  
  •  
  •  
    141
    Shares

एजेन्सी,२५ असोज । बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन आज बाट ७६ वर्ष पुरा भएका छन् । आज अमिताभको परिवारको लागि विशेष दिन पनि हो । अमिताभले भारतकै धनी सांसद जयासँग विवाह गरेका थिए । जया भारतकै धनि सांसद मध्येकी एक हुन् । जया आफैले आफुहरुसँग करोडौँको सम्पति रहेको खुलाएकी छन् ।

राज्यसभाको नोमिनेशनको समयमा जयाले आफ्नो सम्पति विवरण बुझाएकी थिइन् । जयाको सम्पति विवरणमा ४ सय ६० करोड रुपैया बराबरको अचल सम्पति रहेको र ३ सय ३४ करोड रुपैयाँ बराबरको चल सम्पति रहेको बताएकी छन् । उनीहरुसँग कुल ६२ करोडको सुन र अन्य गहना रहेका छन् । ती मध्ये अमिताभसँग ३६ करोडको गहना रहेको उल्लेख छ ।

अमिताभका १२ वटा गाडी रहेका छन् भने ती सबै १३ करोड भन्दा बढी मूल्यका रहेका छन् । उनीहरुसँग रोल्स रोयल, तीन वटा मर्सिडीज, पोर्शे, रेन्स रोभर जस्ता गाडीहरु रहेका छन् । उनीसँग टाटा न्यायो र ट्रयाक्टर पनि छ । ३.४ करोडको घडी त अमिताभले लगाउँदै आएका छन् । उनीसँग ९ लाख रुपैया पर्ने पेन पनि छ । अमिताभको ३१७५ स्क्वायर मिटरको रेसिडेन्सियल प्रपर्टी फ्रान्समा पनि रहेको छ ।

यतिमात्र हैन् नोएडा, भुपाल, पुणे, इलाहावद र गानधीनगरमा बच्चन परिवारको सम्पति छ । जयासँग १.२२ हेक्टरको कृषि प्लान्ट पनि रहेको छ । उक्त प्लान्टको मूल्य २.२ करोड पर्छ । अमिताभसँग छुट्टै ३ एकड व्यान्ट छ । जसको मूल्य ५.७ करोड पर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5