बलिउडकी चर्चित अभिनेत्री रेखालाइ उनको श्रीमानको घरमा चप्पलले स्वागत ? वास्तविकता यस्तो छ !

  • 280
  •  
  •  
  •  
  •  
    280
    Shares

काठमाडौं, । बलिउडकी चर्चित अभिनेत्री भानुरेखा गणेशना विहे गरेर आफ्नो दुलहाको घर जादा आमाले चप्पलले स्वागत गरेकि थिइन् । जब  विनोद मेहरा र रेखा कोलकत्तामा बिहे गरेपछि मुम्बई पुगे त्यसपछि बेहुली भएर श्रीमानकको घरमा पुगेकी उनलाइ श्रीमानको आमाले चप्पलले स्वागत गरेको र आमाले मन नपराएको उनको किताब ‘रेखाः एन अनटोल्ड स्टोरीमा उनले जनाएकी छिन ।
१९५४ अक्टोवर १० मा मद्रासमा जन्मिएकी रेखाले १९६६ मा तेलेगु फिल्म ‘रंगुला रत्नम’बाट बाल कलाकारको रुपमा आफ्नो अभिनय सुरु गरेकी हुन । उनको बुबा जेमनी गणेशन हुन्  पनि चर्चित तमिल अभिनेता हुन । उनले पुष्पवल्ली तेलेगु फिल्ममा नायकका रुपका पनि काम गरेका छन । तर उनको बुबा चलचित्रका नायक भएतापनि उनको यो चलचित्र यात्रामा बाबाको सहयोग नभएको र बाबा भन्ने शब्द भन्नमा मात्र सिमित भएको र उनीमाथि बाबाको खासै लगाव नरहेको धेरै अन्तरबार्तामा उनले बताउदै आएकी छिन ।
उनले परिवारको आर्थिक स्थिति कमजोर भएका कारण ,दक्षिण भारतको फिल्मबाट मुम्बई तिर प्रवेश गरेर हिन्दी भाषा खासै नजान्ने भएकी कारणले गर्दा हिन्दी भाषा निखार्नका लागि नै भएपनि निकै मिहेनत गर्नु परेको र उनको अनुहारको कालोपनालाइ पनि गोह्रो बनाउनका लागि सिंगापुरबाट गोह्रो हुने क्रिमहरु मगाएर आफु शिखरमा पा्इला टेक्न सफल भएको बताएकी छिन ।
अभिनेत्री रेखाले बलिउडमा महानायक अमिताभ बच्चनसँग लामो समयसम्म काम गरेकी हुन  र अमितासंगको जोडी पर्दामा आएपछि आम दर्शकले उनीहरुको जोडी एकदमै रुचाएका थिए । उनिहरुले चलचित्र ‘इमान धरम’, ‘गंगाकी सौगंध’, ‘मुकधरका सिकंन्दर’, ‘सुहाग’ लगाएतका चर्चित फिल्महरुमा एकैसाथ काम गरेका हुन । चोपडाको फिल्म ‘सिलसिला’ नै अमिताभ र रेखाको अन्तिम फिल्म हो ।
यस्तै विभिन्न समस्याका बाबजुत पनि उनले कहिल्यै हार नामानिकन थप हौसलालाई थप बढवा दिदै राम्री अभिनेत्री हुने सपना पूरा गरिन । त्यसैकारण उनी बलिउडमा आजसम्म निकै चर्चित छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 9