रोनाल्डोमाथि लागेको बलात्कारको अरोप झुटो
69 - 69Shares
काठमाडौंः पोर्चुगल तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप झटो भएको उनका वकिलले दावी गरेका छन् । बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको वकिलको दावी छ ।
३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन्। भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन्।
तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको दाबी गरेका छन्। ती महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको र ती महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन्।
रोनाल्डो आफैंले पनि यो घटना झुटो भएको बताउदै आएका छन्। जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन्। तर पनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिलसँग भेट्न लिस्वन पुगेका थिए ।
सो भेटपछि पहिलो पटक रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ।
३४ वर्षे काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन्।