ब्वाइफ्रेण्डको चिहानमा बेहुलीको भेषमा सजिएर विहे गर्न पुगिन् गलफ्रेन्ड !

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौ ।अमेरिकाको इण्डियाना क्षेत्रमा जेसिका पेगेटकाले आफ्नो ब्वाइफ्रेण्ड केंडल मर्फीेको चिहानमा बेहुलीको रुपमा सजिएर फोटो खिचाएर सबैलाइ चकित पारेकी छिन । उनीहरको विवाह २९ सेक्टेम्बर २०१८ मा हुने तय भएको थियो तर विवाह तय भएको केही दिनपछि १० नोभेम्बर २०१८ मा ब्वाइफ्रेण्डको नशामा लठ्ठ भएका ट्रक डाइभरले युवक सवार कारलाई ठक्कर दिएर उनको निधन भएको हो ।
बेहुलाको निधन हुनुभन्दा पहिले नै उनीहरुले विवाहको तयारी सुरु गरेको र फोटो खिच्न एक फोटोग्राफरलाई पनि बोलाएको र पछि त्यही विबाहको दिन नै त्यस फोटो खिच्ने मान्छेलाइ क्यान्सिल नगरीकन निधन भएको दश महिनापछि त्यो दिनलाइ पर्खेर बेहुलीका भेषमा सजिएर आएर फोटो खिचाएको उनले बताइन । साथै उनले आफ्नो सपनाको राजकुमार चिर निन्द्रामा सुतिरहेको बेला विबाह गरेको पनि बताएकी छिन ।
उनले चिहानमा जानलाई परम्परागत सेतो गाउन लगाएकी थिइन भने आफ्नो हातमा रहेको फुलको गुच्छा चिहानमाथि राखेर घुँडो टेकी चिहान अगाडि बसेर रुदै भनिन म पनि त्यँही जान चाहन्छु, जहाँ तिमी गएका छौ भनेकी थिइन ।

त्यसक्रममा जेसिकाका परिवारका सदस्य र अन्य साथीहरु पनि त्यहाँ पुगे साथै उनले त्यहाँ केंडलको एउटा फोटो पनि लिएर गएकी थिइन् जहाँ त्यो फोटोसँग उनले फोटो शेसन गराएकी हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 18