बंगलादेशका पूर्व प्रधानमन्त्रीका छोरालाई मृत्युदण्डको सजाय
85 - 85Shares

बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई मत्युदण्ड फैसला सुनाएको छ । सन् २००४ मा र्यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यसमा दोषी पाइएका अन्य १९ जना मानिसहरुलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ ।
सन् २००४ मा भएको सो बम आक्रमणमा परी २४ जना मानिसहरुको ज्यान गएको थियो । साथै थप ५ सय मानिसहरुको घाइते भएका थिए । जसमा वर्तमान प्रधानमन्त्री शेख हसिना पनि रहेकी थिइन् । बंगलादेशको अदालतले गत सेप्टेम्बरमा यो मुद्दाको सुनुवाई सकाएको थियो । सुनुवाइ सकिएसँगै बुधबार अदालतले यस्तो फैसला सुनाएको हो ।
अदालतको फैसला अउनुभन्दा अगाडि ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी