‘कुटुमा कुटु’ पछिको राजन राज शिवाकोटीको अर्को धमाका

  • 230
  •  
  •  
  •  
  •  
    230
    Shares

अहिलेको परिवेशमा हेर्दा एउटा नेपाली चलचित्रको भ्याल्यु तेसै चलचित्रको गीतले पनि बढाउने गर्छ । नाम चलेका गीतहरु सबैले गुनगुनाउछन अनि थाहै नभै लोकप्रिय भईदिन्छन् । पछिल्लो बर्ष ‘कुटुमा कुटु’ गितले पुरै देशलाई नै नचाएको थियो भने यस साता, दशैको उपहार स्वरुप सोहि टिमले नयाँ चलचित्र ‘न एता न उता’को गित ‘चोलिको तुना’ ले दर्शकरुलाई फेरिपनी नाच्न मनलाग्ने गराइरहेको छ ।

पुराना दिनहरुको याद दिलाउने साथसाथै नयाँ जवानाको भाव बोकेको ‘चोलिको तुना’ को संगित मिलन जलन तथा राजन इशानको, राजन इशान, मिलन अमात्य, राजन राज शिवाकोटी, र मिना सिङको स्वरमा, यस गीत एकनारायण भण्डारी ले लेखेका हुन भने, यस गितका कोरियोग्राफ विक्रम स्वार हुन ।

रिचा शर्मा र छुल्तिम गुरुङ जस्ता प्रसिद्ध कलाकारहरुको साथमा नयाँ मुख्य पात्रमा  समिर मनी दिक्षित र मिराज रोशन लाई हामी देख्न सक्छौ । बुद्धी तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमल मनी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल्, जिवन भट्टराई, किरन राइ, नमिता घिसिङ्, लुनिभा तुलाधर ९पवन्कलि०, राजन खतिवडा, राजन मुकारुङ र जयनन्द लामा जस्ता लोकप्रिय कलराकरहरुले पनि साथ दिएका छन ।

मिड लाईफ क्राइसिस्मा आधारित भएको नेपालको पहिलो फिल्म, ‘न एता न उता’, त्रन्त्रालय फिल्म्स र हाईलाईट्स नेपालको  ब्यानरमा, मिराज र बिसारदले निर्देशन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =