बुृद्ध एयरको ह्याङ्गर दक्षिण एसियाकै उत्कृष्ट, यसरी गरिन्छ नेपालमै जहाज मर्मत

  • 233
  •  
  •  
  •  
  •  
    233
    Shares

काठमाडौंः बुद्ध एयर २१ वर्ष पुरा गरेर २२ औ वर्षमा प्रवेश गरेको छ । आन्तरिक उडानमा उत्कृष्ट एयरलाइन्स बुद्ध एयरले दक्षिण एसियाका ठुला मध्ये एक ह्याङ्गर पनि संचालन गरिरहेको छ ।

‘हाम्रो दक्षिण एसियामा रहेका ठुला मध्ये ह्याङ्गर पर्दछ’ बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले भने । बुद्ध एयरले बंगलादेशको नोभो एयर भुटानको ड्रुक एयरको पनि मर्मत गर्दै आएको छ । बुद्धले एटिआर जहाजको भने सम्पूर्ण मर्मत नेपालमै गर्दै आएको छ ।

परीक्षण र मर्मतका लागि दक्षिण एसियाली मुलुकका विमान कम्पनीको रोजाइले बुद्ध एयरको मर्मत अन्तर्राष्ट्रियस्तरको भइसकेको देखाउँछ । त्यत्ति मात्र होइन, यसले नेपालमा मर्मतका लागि जहाज ल्याएर मनग्गे विदेशी मुद्रा आर्जनको सम्भावनाको ढोका समेत खोलेको छ ।

जहाजको नियमति परीक्षण जहाँसुकै गरेर हुदैन । सम्बन्धित मुलुकको नागरिक उड्यान प्राधिकरणले प्रमाणित गरेको मर्मत सेवा कम्पनीमार्फत गराउनु पर्छ । बुद्ध एयरले नेपाल नागरिक उड्यान प्राधिकरणबाट यस्तो प्रमाणिकरण पाइसकेको छ ।

भुटानी र बंगलादेशी नागरिक उड्यान प्राधिकरणले नेपाल नागरिक उड्यान प्राधिकरणको प्रमाणिकरणलाई मान्यता दिदै परीक्षण र मर्मतको अनुमति दिएपछि त्यहाका जहाजले नेपालमा मर्मत गर्न पाएका हुन् । बुद्ध एयरले युरोप वा अमेरिकाबाट समेत यस्तो प्रमाणित गराए भविश्यमा विश्वका जुनसुकै मुलुकबाट जहाज मर्मतका लागि आउने सम्भावना छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको बुद्ध एयरको ह्याङ्गर अत्याधुनिक सुविधा सम्पन्न छ । दक्षिण एसियाकै उत्कृष्ट मध्येमा पर्ने यो ह्याङ्गर करिब २० करोडको लगानीमा कम्पनीले बनाएको हो । यो ह्याङ्गरमा एउटा ‘एटिआर–७२’ वा ‘एटिआर–४२’ र एउटा ‘बिच–१९००(डी’ जहाज सजिलै अटाउँछन् ।

विमान परीक्षण र मर्मतका लागि नेपाल ल्याए आधा सस्तो पर्ने भएकाले भविष्यमा भारत र म्यानमारका कम्पनीलाई समेत आफ्ना ग्राहक बनाउने योजनामा बुद्ध एयर रहेको छ ।

युरोप र अमेरिकाको तुलनामा सस्तो जहाज मर्मत सेवा उपलब्ध गराउने सिंगापुरमा भन्दा पनि नेपालमा कम लागत पर्ने हुदा दक्षिण एसियाका अरु मुलुकको गन्तव्य नेपाल हुनसक्छ ।

सिंगापुरमा जहाज मर्मतका लागि कम्तिमा प्रतिव्यक्ति प्रतिघण्टा १ सय डलर खर्च लाग्छ । तर नेपालमा भने त्यसको आधा खर्चमा मर्मत सम्भव छ । सम्भवतः नेपालको जहाज मर्मत खर्च संसारकै सबैभन्दा सस्तो हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 48