१० बलिउड स्टार भित्र लुकेका ‘असाधरण प्रतिभा’, कोसँग कस्तो खुबी ?

  • 167
  •  
  •  
  •  
  •  
    167
    Shares

काठमाडौं। बलिउड सेलिब्रटीहरू अभिनयमा उत्कृष्ट छन् । त्यसमा शंका गर्ने कुरै रहेन । तर बलिउडका केही यस्ता हस्ती छन्, जो अन्य क्षेत्रमा पनि निकै प्रतिभाशाली छन् ।

अहिले चर्चामा शिखरमा रहेका उनीहरूको फिल्म, अभिनयको मात्रै प्रशंसा हुने गरेको छ । तर अभिनय कौशलमा उनीहरू जति पोख्त छन्, अन्य क्षेत्रमा पनि उति नै क्षमतावान छन् । यहाँ बलिउडका १० स्टारभित्र रहेका ‘लुकेका प्रतिभा’का बारेमा चर्चा गरिएको छ ।

१. सलमान खान

धेरैलाई थाहा नहुन सक्छ, सलमान एक उत्कृष्ट चित्रकार (पेन्टर) हुन् । उनको शयनकक्षमा उनैले बनाएका अद्भुत चित्रहरू सजाइएको छ । उनी निकै राम्रो पेन्टिङ गर्छन् । आफुले बनाएका चित्रहरू करिना कपूर, चित्रांगदा सिंह जस्ता साथीहरूलाई उनले उपहार समेत दिने गरेका छन् ।

२. सोनाक्षी सिन्हा

‘दबंग’ गर्ल सोनाक्षीको घरमा एक स्टुडियो छ, जहाँ उनी रङसँग खेल्छिन् । अहिले उनी स्तन क्यान्सका बारेमा जनचेतना फैलाउनका लागि खोलिएको कोषमा रकम बढाउन आफुले बनाएका चित्र बेच्ने योजना बनाइरहेकी छन् ।

३. अली जफर

पाकिस्तानका अभिनेता अली प्रतिभाशाली गायक समेत हुन् । उनी पनि एक राम्रा चित्रकार हुन् । उनी २० मिनेटमा एउटा चित्र बनाइसक्छन् ।

४. आमिर खान

आमिर एक उत्कृष्ट खेलाडी हुन् । उनी टेनिसका राम्रा खेलाडी हुन् । उनले राज्य स्तरसम्म टेनिस खेलेका छन् । उनको चेसमा समेत राम्रो पकड छ । उनले एकपटक भिवन्तनाथन आन्दासँग चेस खेलेका थिए । आमिरको खेल देखेर पूर्व विश्वविजेता प्रभावित भएका थिए ।

५. प्रियंका चोपडा

प्रियंका प्रतिभाशाली गायिका हुन् । पिसीले उनको यो प्रतिभा संसारमा उजागर गरिदियो र एक अन्तर्राष्ट्रिय एल्बम समेत सार्वजनिक गरिदियो ।

६. अक्षयकुमार

अक्षय मार्सल आर्टका राम्रा खेलाडी हुन् । साथै उनी राम्रो कुक समेत हुन् ।

७. विद्या बालन

विद्याले निकै राम्रा कविता लेख्ने गरेकी छन् ।

८. शाहिद कपूर


शाहिद केवल एक अभिनेता र नृत्य प्रशिक्षक मात्र होइनन् । उनी एक प्रतिभाशालि डिजे समेत हुन् ।

९. रणदिप हुडा

उनी एक घोडचढी खेलाडी हुन् । उनले धेरैपटक च्याम्पियनशिपमा भाग लिएका छन् । उनले गतबर्ष जयपुरमा ‘रयल रोस्टर्स’ नामक टिम समेत किनेका छन् ।

१०. यमी गौतम

‘विकी डोनर’की अभिनेत्री यमी निकै प्रतिभाशाली छन् । उनी एन्टिनियर डिजाइनर हुन् । उनको लक्ष्य पनि एक कुशल एन्डिनियर डिजाइनर बन्ने थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1