यसरी बनाउनुहोस् दशैंमा स्वादिष्ट खसीको भुटन ! (विधि सहित)

  • 931
  •  
  •  
  •  
  •  
    931
    Shares

काठमाडौ । नेपालीहरुको महान चाड बडादशै नयाँ हर्ष र खुसीका साथमा हाम्रो घर घरमा आइपुगेको छ ।त्यसै अनुसार हामी फरक दिनलाइ फरक फरक तरिकाले मनाउनका साथै खानेकुरा पनि भिन्न भिन्नै हुने गदर्छ । त्यसैले दशैँ भन्ने बित्तिकै टिका जमरा, नयाँ कपडा, मासु लगायतका कुराहरु हामी सोच्दछौ । अष्टमीको दिन सबैको घरमा खसी, बोका र कुखुराको बली दिने अथवा मार हान्ने चलन रहेको छ । दशैँ भन्ने बित्तिकै अरु बेला ३ महिनामा १ दिनमात्र खान पाउने मासु यस चाडमा केहि नहुनेको घरमा पनि धेरै मासु कुहिने गरी राखेको हुन्छ ।त्यसैले कसैले कुहाएर फाल्छन त कसैले डडाएर यही कारण कतिको ज्यान समेत गएको विगतमा देखेका छौ । यो सबै पकाउने तरिका नपुगेर यस्तो भएको हो । यसरी पकाउनुस पक्कै पनि मिठो र स्वादिलो बन्नेछ खसीको भुटन।
खसीको भुटन बनाउदा चाहिने सामाग्री:
खसीको भुटान,
नुन ,
बेसार ,
टिमुर ,
धुलो जिरा ,
धनियाँ,
गरम मसला ,
अदुवा लसुनको पेस्ट ,
खोर्सानी ,
प्याज ,
तेल ,
तेजपतिया ,
हरियो धनियाँ आदि आवश्यकता अनुसार तयार पार्नुहोस ।

त्यसपछि पकाउने तरिकामा चाहि विशेष ध्यान दिनुपर्ने हुन्छ त्यसका लागी भने यो कुरा अवलम्बन गनैपर्ने हुन्छ ।ती क्रमै सगँ रहेका छन ।
–सुरुवातमा खसीको मासु्लाइ राम्रोसंग पखालेर उमाल्नु पदर्छ ।
–त्यसलाई पुन पखालेर मसिनो पारेर काट्नुहोस्।
–तेस्रो पल्टमा सफा भाँडो बसालेर त्यसमा आफ्नो टेस्ट अनुसारको तोरीको अथवा सनफलावोरको तेल हाल्नुहोस्
–त्यसपछि चौथोमा तेल ताते पश्चात त्यसमा सुप भुट्नुहोस र त्यसमा तेजपत्ता पनि राखीदिनुस् ।
–त्यसैगरी उक्त तातेको तेलमा मासु हालेर राम्रोसंग चलाउनुहोस् ।
– त्यसमा आफ्नो स्वाद अनुसार नुन र बेसार हालेर राम्रोसंग चलाउनुहोस ।
–अनि केहि समय यसलाई पाक्न छाडीदिनुहोस र अधुवा,लसुन पेस्ट र गरम मसला हाल्नुहोस ।
–त्यसपछि थोरै मात्रामा टिमुर पिसेर हालिदिनुस यसले मासुको स्वाद बढाउदछ ।
–त्यस्तै आफ्नो स्वाद अनुसार धुलो जीरा(धनियाँ र धुलो खुर्सानी हालेर राम्रोसंग चलाउनु होस् र
एकैछिन पाक्न छोडीदिनु होस् ।
त्यसपछि यसमा काटेको प्याज र हरियो खुर्सानी हालेर एकचोटी चलाएपछि यदि मनपर्छ भने आफ्नो चहाना अनुसार हरियो धनियाँ पनि राख्न सक्नुहुन्छ ।यति गरेपछि एकदमै स्वादिष्ट मासुको परिकार तयार हुन्छ ।यसपछि दशै साहै रमाइलो सगँ मनाउनु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =