काठमाडौँको नयाँ बजारमा आफ्नै दाइ पर्नेले बलात्कार गरी गर्भवती बनाएकि किशोरीले जन्माईन् मृत शिशु !

  • 309
  •  
  •  
  •  
  •  
    309
    Shares

काठमाडौँ- पछिल्लो समय बलत्कारको घटना दिनप्रतिदिन मिडिया देखि सामाजिक सन्जाल सम्म निकै आउने गरेको छ । यस्तै एक घटना काठमाडौँमा भएको छ । नयाँ बजारमा रहेको पिपुल्स अस्पतालमा एक किशोरीले मृत शिशुलाई जन्म दिएकी छन । प्राप्त खबरका अनुसार ती १५ वर्षकि किशोरी बलत्कारको सिकार भएकी हुन् । उनी बलात्कारको कारण गर्भवती भएकी थिइन्।

किशोरीका आफन्तका अनुसार बुधबार (हिजो) राती करिब साढे ११ बजेतिर पेटमा असह्य पिडा भएपछि उनलाई पिपुल्स अस्पताल पुर्याइएको थियो। अस्पताल पु-याइए लगतै सामान्य जाँच गरेका पछि पिसाब गर्न शौचालय गएकी उनि फर्कदा कपडामा रगत लागेको देखेपछि चिकित्सकले वरिष्ठ डाक्टरलाई जानकारी गराएका थिए।

चिकित्सकले गरेको सोधपुछ पछि उनले आफुलाई गएको माघ देखि महिनावारी नभएको स्वीकार गरेकी हुन्। गर्भवती भएको हुनसक्ने आशंकामा तत्कालै चिकित्सकहरुले परिक्षण गर्दा उनी गर्भवती भएको पुष्टि भएको हो। घटना पुष्टि भएलगतै किशोरीको आमालाई अस्पताल झिकाएर उनको उपचार सुरु गरिएको थियो ।

उनले अस्पतालमा बुधबारनै १ दशमलब ३ केजीको मृत शिशु (छोरी) लाई जन्म दिएको बुझिएको छ। उनको अवस्था सामान्य भएलगतै सोधपुछ गर्दा १२ वर्षको उमेर देखि बलात्कारको सिकार हुँदै आएको खुलासा भएको हो । पिडित किशोरीका बाबु-आमा सामान्य मजदुरी गर्न बाहिर जानुपर्ने भएकोले सोहि मौका छोपी तेही नजिकै बस्ने दाजु पर्ने युवकले बलात्कार गर्ने गरेको किशोरीले बताएकि छन् ।

घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 − = 49