अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ को पहिलो पोस्टर सार्वजनिक, चैत २९ गते रिलिज

  • 677
  •  
  •  
  •  
  •  
    677
    Shares

काठमाडौं, २६ असोज । झरना थापा निर्देशित दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सुहाना इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रको सुटिङ सुरु भएको छ ।

आगामी चैत २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको लभ केमेस्ट्री देखाइएको छ । सुहाना थापा निर्देशक झरना र निर्माता सुनिलकुमार थापाकी छोरी हुन् । उनी यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन् ।

चलचित्र निर्माण पक्षले ‘ए मेरो हजुर ३’ को दुईवटा पोस्टर फेसबुकमार्फत सार्वजनिक गरेको हो । एउटा पोस्टरमा हातमा गितार लिएर बसेका अनमोललाई सुहानीले हेरिरहेकी छन् भने अर्कोमा दुवैको लभ केमेस्ट्री देखाइएको छ । हल्का दाह्री जुँगा राखेका अनमोलले कपाल आर्मी कट काटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 ÷ 6 =