नेपाली सेनालाई कसले दियो धम्की ? अख्तियारले हस्तक्षेप गर्न खोजेको आरोप

  • 161
  •  
  •  
  •  
  •  
    161
    Shares

काठमाडौं, २६ असोज । केही समययता नेपाली सेनाले दुई–तीन महिनाको फरक पारेर सार्वजनिक अभिव्यक्ति दिँदै आएको छ । जसमा संविधान विरोधी विखण्डनवादी तत्वको चलखेल र त्यसले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौती र नेपाली सेना कसैको हस्तक्षेप स्वीकार्दैन भन्ने मुख्य रहेको छ ।

आफ्नो कार्यकालको अन्तिमतिर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि यस्तै अभिव्यक्ति दिएका थिए । वर्तमान नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वको गतिविधिलाई सूक्ष्म ढंगले नियालेको बताउँदै त्यसवि?द्ध कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

थापाले बिहीबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो अभिव्यक्ति दिएका हुन् । नेपाली सेनाले पहिलोपल्ट सार्वजनिक रूपमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा बाहिर सार्वजनिक गरेको छ । यसअघि प्रधानसेनापतिले दिएको भाषण वा अभिव्यक्ति नेपाली सेनाभित्रै सीमित हुन्थ्यो । तर, नयाँ प्रधानसेनापति थापाले सेनालाई जनतासँग घुलमिल गराउने प्रयत्न थालेका हुन् ।

प्रधानसेनापतिको नयाँ अभिव्यक्तिसँगै अहिले कसले नेपाली सेनालाई धम्की दिएको हो ? र, संविधान विरोधी विखण्डनवादी तत्व को हो ? भन्ने विषयमा चासो उत्पन्न भएको छ । जबकि नेपाली सेनालाई प्रचलित कानुनअनुसार कारबाही गर्ने अधिकार नै दिइएको हुन्छ । संविधान विरोधी क्रियाकलापमा संलग्नलाई कारबाही गर्न कसैले रोकेको छैन । तर, पनि पटक–पटक जंगी अड्डाले यही कुरा बाहिर ल्याइरहँदा आमजनता अन्योलमा परेका छन् ।

सेनामा भ्रष्टाचार बढेको स्वीकार

प्रधानसेनापति थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनको पालना गर्ने दायित्वबाट विचलित नहुने स्पष्ट पारे । उनले सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन पनि सचेत रहेको बताए । प्रधानसेनापति थापाले नेपाली सेनामा भ्रष्टाचारले जरो गाडेको र त्यो तत्काल नियन्त्रण गर्न असम्भव रहेको समेत बताए । नेपाली सेनाको इतिहासमा सेनाभित्र भ्रष्टाचार बढेको भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानसेनापति थापा पहिलो हुन् ।

नेपाली सेनाले पछिल्लो समय विभिन्न विकास निर्माण, व्यापार व्यवसायमा हात हालेको छ । त्यसमा निकै आर्थिक अनियमितता हुने गरेको समाचार आउने गरे पनि त्यसलाई भित्रभित्रै सामसुम पारिन्थ्यो । तर, अख्तियार दु?पयोग अनुसन्धान आयोगको नयाँ नेतृत्वले अबदेखि नेपाली सेनालाई गैरसैनिक क्रियाकलापमा निर्देशित गर्ने कि राख्ने हो कि के हो सोच्नुपर्ने बेला आएको बताएपछि यसले ठूलै रूप लिने देखिएको छ ।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले सेनालाई अबदेखि विकास आयोजनाको काम गर्न दिने कि नदिने भन्ने सोच्ने बेला आएको बताएका छन् । उनले सेनामा हुने गरेको आर्थिक अनियमितता पनि अख्तियारले छानबिन गर्नसक्ने संकेत गरेपछि नेपाली सेना र अख्तियारबीच विवाद सु? भएको बताइन्छ । यस विषयले भविष्यमा ठूलै तिक्तता ल्याउने स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ 15 =