भुलेर पनि यी काम नगर्नुस् श्रीमानको अगाडी ! तपाईको वैवाहिक सम्बन्ध धरापमा पर्न सक्छ !

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौँ,२६ असोज । विवाह बन्धनमा बाँधिएपछि हरेक जोडीले जीन्दगी भर संगै जिउने हरेक दुः ख सु : ख मा एक अर्कालाई साथ दिन बाचा गरेका हुन्छन् । दुवैले आफ्नो सम्बन्धलाई बलियो बनाउनको लागि निकै कडा मेहनत गरेका हुन्छन् । तर कतिले आफ्नो श्रीमतीलाई वेवास्ता गरेपनि केहीले भने आफ्नो सम्बन्धलाई बलियो बनाउन हरप्रयास गरेका हुन्छन् ।

सुखी जीवन बिताउनको लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्ताु शास्त्रमा उल्लेख गरिएको हुन्छ । धेरै दम्पतिले खुसी र सुखी जीवन बिताउन धेरै कुराहरुमा सम्झौता गर्नुपर्ने हुन्छ ।  आज हामी तपाईलाई श्रीमानको अगाडी श्रीमतीले निभाउनु पर्ने भूमिकाको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले सुखी जिवन बिताउन सहयोग गर्छ ।

१.श्रीमानको कमजोरीहरु आफ्नो साथीभाइ माइतीमा गएर सुनाउँनु हुदैन् ।

२.आफ्नो श्रीमानसँग केही कुराको सल्लाह गर्दा श्रीमानलाई मुड फ्रेस हुने कुरा गरेर मात्र आवश्यक कुरा गर्दा राम्रो हुनेछ ।

३. आफ्नो श्रीमानलाई अरुसँग तुलनागर्नु हुँदैन् ।

४.जस्तो सुकै अवस्थामा पनि आफ्नो श्रीमानको ख्याल राख्ने जीम्मा अरु व्यक्तिलाई दिनु हुँदैन् । ती व्यक्रिले तपाईको श्रीमानबाट अन्य फाइदा लिन सक्नेछन् ।

५. लामो समयसम्म शारिरक सम्पर्क राख्न नपाएका पुरुषहरुमा तनाव हुने भएको कारण उनीहरुको प्रस्तावलाई बुझ्नु पर्छ ।

६. परिवारमा कुनै कुराको छलफलमा बस्नुभएको छभने पहिले श्रीमानलाई बोल्न दिने त्यसपछि आफु बोल्दा राम्रो हुनेछ ।

७.श्रीमानलाई आफ्नो बालबच्चाको अगाडी नराम्रो शब्दले गाली गर्नु हुँदैन् । जसले गर्दा बच्चाको दिमागमा नराम्रो असर पर्न सक्छ ।

८.हरेक पत्नीले घरको काम र अफिसको काममा मात्र व्यस्त नभएर श्रीमानसँग बसेर सल्लाह गर्ने समय निकाल्नुपर्छ । यसले गर्दा दुई जनाले गरेको कार्यको उपलब्धी बारे थाहा हुन्छ ।

९.आफ्नो श्रीमानको कामलाई अरुको श्रीमानले गरेको कामसँग जोड्नु हुँदैन् । जसले गर्दा उनीहरुमा नकारात्मक असर पर्न सक्छ ।

१०.आफ्नो श्रीमानको अगाडी उसको साथीको बारेमा नराम्रो कु्रा गर्नु हुँदैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 − 30 =