प्रविधि विज्ञ महावीर पुन उडे , नेपाली पाइलट प्रमोदले बनाएको जहाजमा

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौँ । नेपाली पाइलट प्रमोद रेग्मीले १८ महिनाको अथक प्रयासपछि डेढ करोडको आफ्नै लगानीमा बनाएको जहाजलाइ अमेरिकी आकाशमा उडाउन सफल भएका छन । उनले नेपालका प्रविधि विज्ञ महावीर पुनलाई पहिलो नेपाली पाहुना यात्रुका रुपमा ४५ मिनट आकाशमा उडाएका हुन । नेपाली भाइहरूले बनाएको जहाजमा बसेर अमेरिकाको आकाशमा उड्दा खुसी र गौरव लागेको नेपालका प्रविधि विज्ञ महावीर पुनले बताए । साथै यस्ता प्रतिभाहरू नेपालका लागि गौरव भएको र नेपालबाट पाइलट कोर्श गर्न बाहिर जाने विद्यार्थी र ठूलो धनराशी रोक्न सकिन्छ, त्यसको संभावनाबारे बहसको खाँचो भएको पनि बताएका छन ।
त्यस्तै पाइलट प्रमोदले जहाज अमेरिकी हवाइ विभागमा सूचिकृत भएर उडान अनुमति समेत प्राप्त गरि जहाजले उडान भरिरहेको बताएका छन। पाइलट प्रमोदले ग्यारेजबाट आफ्नो जहाज निकालेर रनवे हुँदै अमेरिकी आकाशमा उडान भरेको देखेका महावीर पुनले नेपालीका लागि यो निकै खुसीको कुरा भएको भनेर सबै समक्ष खुसी ब्यक्त गरेका छन । ।साथै उनको र महावीर पुनको अमेरिकी आकाशमा उड्दा अनबोर्ड क्यामेरामा रेकर्ड गरिएको भिडियो समेत रेकर्ड गरिएको छ । उडान पछि पुनले पाइलट प्रमोदको ग्यारेज अवलोकन गरेका छन –

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2