यस्तो बन्दै छ काठमाडौमा दक्षिण एशियाकै पहिलो स्काई वाक टावर

  • 135
  •  
  •  
  •  
  •  
    135
    Shares

काठमाडौँ। काठमाडौँमा दक्षिण एशियाकै पहिलो ’स्काई वाक टावर निर्माण हुने भएको छ । राजधानीको कमलादी स्थित निमार्ण हुन लागेको टावर करिब २०० करोड लगानीमा बन्न लागेको एक कार्यक्रमको आयोजना गर्दै वन्डर्स नेपालले जानकारी दिएको छ ।विश्वका विभिन्न देश चीन, क्यानडा र अमेरिका लगायतका देशमा अत्यन्तै सफल मानिएका स्काई वाक टावर अब नेपालमा पनि निर्माण हुन लागेको हो ।
त्यसैगरी यस स्काई वाक टावर निर्माणको लागि काठमाडौँको कमलादीमा १३.२ रोपनी जग्गा लिएर सम्झौता समेत लिइसकेको र एक कार्यक्रमकोबीच वन्डर्स नेपालले कस्तो बन्ला स्काई वाक टावर भनेर भिडियो पनि सार्वजनिक गरेको जनाइएको छ । वन्डर्स नेपालले विगत ३ वर्षदेखि नेपालका विभिन्न करिब १० स्थानमा स्काई वाकको निर्माण र सम्भावनाबारे अध्ययन अनुसन्धान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =