दशैमा पाहुनाले मासुका परिकार खेर फालेर दिक्क हुनुहुन्छ ,अब यसरी साँधेको आलु र बदाम बनाएर खुवाउनुस (विधि सहित)

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं । नेपालीहरुको बडा दशकोैं आज तेस्रो दिन चन्द्रघण्टा देवीको पुजा गरिदै गर्दा यसका लागी खाना ,खाजा र मासुको सबै तयारी पुरा भएको छ । दशैमा धेरैजसोले विशेष परिकारको रुपमा एउटा सिङ्गगै खसी तयार पारेर राखेको होला ।त्यसैले सबै जनाले सोचेको होलान यसपालीको दशै खुसीको साथ मनाउन पर्छ भनेर तर यो महान चाड भनेको एक आपसमा आर्शीवादको माध्यमबाट मिठो परिकार बनाएर खाएर र आफन्तकोमा गइ टिका थाप्ने गरिन्छ । यस समय सबैकोमा पाहुना आउने भएकाले मासुका परिकारका साथै विभिन्न परिकार तयार पार्नुभएको होला । तर यस्तो अवस्थामा सबै मासु भात या खाजा खानको लागि तयार हुँदैनन् । त्यसबेला धेरै मानिसले त्यस्ता खानेकुरा नखाएर खेर फाल्नुभएको होला र यसपालि आफना आफन्तलाइ फरक किसिमको परिकार के बनाउने भन्ने चिन्तामा हुनुहुन्छ । त्यसो भए अब खाजाको रुपमा साँधेको आलु र बदाम खुवाउन सक्नुहुन्छ । त्यसका लागी कसरी मिठो बनाएर आफनो पाहुना खुसि पार्नको लागी यो तरिका अपनाउनुहोस ।
१ सुरुवातमा साँधेको आलु बनाउने तरिका :

–आलुलाई उसिनेर काट्नुपर्छ ।
–त्यसपछि अदुवा, लसुन, टिमुर र खुर्सानी थिचेर पेस्ट बनाउने ।
–अब एउटा भाँडोमा आलु राख्ने र त्यसमाथी प्याज, हरियो खुर्सानी, हरियो धनियाँ, कागतीको रस, खुर्सानीको धुलो, हरियो प्याज, अघि बनाउने पेस्ट, नुन राख्ने ।
त्यसपछि एउटा भाँडोमा तेल तताएर त्यसमा मेथी र बेसार भुटने ।
–अब त्यो तेलले आलुलाई झान्ने र राम्रोसंग मिक्स गरेपछि साँधेको आलु तयार हुन्छ ।
२ साँधेको बदाम बनाउने तरिका
–सुरुवातमा बदामलाई राम्ररी भुट्नुपर्छ ।
– त्यसपछि सेलाइसकेपछि बदामको बोक्रा निकाल्ने र बदामलाई एउटा भाँडोमा राख्नुहोस ।
–अब त्यसपछि बदाममा हरियो प्याज, खुर्सानीको धुलो, प्याज, अदुवा, लसुन, खुर्सानी, नुन, धनियाँ, कागतीको रस र तोरीको तेल राखेर त्यसलाई राम्रोसंग मिक्स गरेपछि साँधेको बदाम एकदमै मिठो बन्छ ।
यो तरिका अपनाउनेभयो भने तर्पाइको दशै साहै राम्रो हुनुका साथै पाहुना पनि खुसी हुनेछन यसका साथसाथै तपाइको खानेकुरा पनि खेर जादैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + = 18