चरेससहित दुई जना पक्राउ

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

पर्सा, २६ असोज ! पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 ÷ 10 =